मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    दर्शकले आस मार्न नपरोस्

    बुधबार, १८ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १८ असार । 
    नायिका वर्षा राउतले दर्शकलाई निराश हुन नदिने बताएकी छिन् । उनले भनेकी छिन् ‘ दर्शकको आफ्नै किसिमका अपेक्षा छन् । दर्शकलाई निराश हुन भने दिन्नँ । अहिले गरिरहेको कामभन्दा राम्रै काम गर्न पाऊँ । दर्शकको आस मार्न नपरोस् ।’

    कलाकार भएपछि जस्तोसुकै पात्रमा पनि भिज्न सक्नुपर्ने उनको भनाइ छ । उनले नयाँ पत्रिकासँग भनेकी छिन्  ‘मलाई गर्न मन लागेको यस्तै पात्र भन्ने छैन । कलाकार भएपछि जुनसुकै पात्रमा भिज्न सक्नुपर्छ । तर, मलाई महिला सुपर हिरो फिल्ममा काम गर्न मन छ । अनि दर्शकलाई जस्तो कथा हेर्न मन छ, त्यसमा सुट हुने पात्रमा काम गर्न मन छ ।’

    उनले अगाडि भनेकी छिन्–जात्रैजात्रालाई दर्शकले रुचाइदिनुभयो, कृतज्ञ छु । अब यस्तै फिल्म गर्ने भन्ने त छैन । दर्शकलाई कस्तो फिल्म मन पर्छ, त्यस्तै फिल्म खेल्छु । मैले पहिल्यै यस्तै फिल्म मात्र खेल्छु भनेर निर्धारण गर्दा त्यस्तै स्क्रिप्ट पाउन गाह्रो छ । 
    आगामी दिनमा पनि राम्रै मान्छेसँग काम गर्ने अवसर जुरोस् । पारिश्रमिकको पनि कुरा त आउला, तर राम्रो कथा आयो भने सम्झौता हुन्छ । सीधै साइन गर्छु ।  मेरो फिल्म यो वर्ष नै आउँछ भन्नेचाहिँ छैन । आउन पनि सक्छ । स्क्रिप्टहरू हेर्दै छु । निर्माण टिमसँग कुरा पनि भइरहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast