बुधबार, असोज १, २०७६
    ओएमजी Omg!

    मुस्ताङमा दरवारको पर्खालमुनि ७ सय वर्ष पुरानाे मानव खप्पर भेटियाे

    मंगलवार, १७ आषाढ २०७६, आहाखबर

    मुस्ताङ, १७ असार ।

    मुस्ताङमा ७ सय वर्ष पुरानाे मानव खप्पर फेला परेकाे छ । खानेपानीको पाइप र  विजुलीको तार अड्याउन पोल खन्ने क्रममा मुस्ताङको लोमन्थाङ वरिपरि लगाइएको पर्खालभित्र मानव खप्पर भेटिएको हाे।

    लोमन्थाङको सुरक्षाका लागि लगाइएको पर्खालको गेट हुँदै खानेपानी र विजुली लोमन्थाङभित्र लैजाने क्रममा मानव खप्परसहित केही हड्डी भेटिए। स्थानीयवासी टासी गुरुङका अनुसार, पर्खालसँगैको जमिन खन्ने क्रममा सोमबार ३ फिट मुनि मानिसको मानव खप्परपछि त्यसले त्यहाँ ठूलो हल्लीखल्ली सिर्जना भएको छ।

    ‘लोमन्थाङ जस्तो पुरातात्विक महत्वको ठाउँमा स्थानीय मुखियासँग गनु सल्लाह नगरी खन्ने काम गर्दा मानव खप्पर भेटियो’ गुरुङले भने, ‘भेटिएको टाउको के गर्ने भन्ने अन्योल सिर्जना भएको छ।’

    जहाँ मानव खप्पर भेटिएको छ, त्यो ठाउँका कारण पनि यसले निकै ठूलो रहस्यको सिर्जना गरेको छ। उपल्लो मुस्ताङको लोमन्थाङ अहिले वस्तीको रुपमा रहेपनि सुरुमा यो मुस्ताङ्गी राजाको दरवार क्षेत्र थियो।

    मुस्ताङका दोस्रो राजा आङबोन साङ्बोले आफ्ना लागि यहाँ दरवार निर्माण गरेका थिए। दरवार बनाएपछि त्यसको सुरक्षाका लागि वरिपरि, तर अलिक परैदेखि पर्खाल लगाउने कामपनि उतिबेलै गरिएको थियाे। 

    लोमन्थाङलाई अहिले पनि त्यही पुरानो पर्खालले घेरेको छ । 'खासमा त्यो दरवारको पर्खाल हो’ गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा बिष्टले भने, ‘पर्खालको गेटैमा मानव खप्पर गाडिएको अवस्थामा भेटिएपछि हामीपनि छक्क परेका छौँ।

    मुस्ताङ आफैमा चिसो ठाउँ हो। चिसो ठाउँमा मान्छेको शरीर हत्पती सड्दैन, गल्दैन। यसै आधारमा सांसद विष्ट त्यो टाउको ७ सय वर्ष पुरानो हुनसक्ने अनुमान गर्छन्। र, यो पनि बताउँछन् कि, यसले दुई कुराको संकेत गरेको छ।

    भेटिएको मानव खप्पर दरवार बनेपछि गाडिएको नभइ युद्धका क्रममा मारिएको मान्छेको हुनुपर्ने स्थानियकाे भनाइ छ।   

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast