आईतवार, भाद्र ८, २०७६
    ओएमजी Omg!

    अचम्मका प्रेम जाेडी, जाे पिउँछन् एक अर्काकाे रगत

    मंगलवार, १७ आषाढ २०७६, आहाखबर

    एजेन्सी। प्रेमी-प्रेमिकाले एक अर्काको जुठाे खानु, चुम्बन गर्नु सामान्य मानिन्छ। तर, संसारमा यस्ता पनि प्रेम जाेडी छन्, जाे जाे एक अर्काकाे रगत पिउँछन्। 

    सुन्दा अचम्म लाग्ने याे कुरा सत्य हाे। सुन्दैमा झसङ्ग भइने यो सत्य घटना इटालीको हो । इटालीका ती ब्वायफ्रेण्ड र गर्लफ्रेण्डले एक अर्काको रगत पिउँदछन्, जसकाे कारण निकै अनौठो छ ।

    द मिररका अनुसार करीब पाँच वर्ष पहिले डेनिस नामका ती युवकलाई सर्कसका लागि एकजना सहायक चाहिएको थियो । त्यसको लागि उनले फेसबुकमा विज्ञापन दिए । त्यहीँ क्रममा उनको इलारिया नामकी युवतीसँग चिनाजानी भयो । त्यसबेला देखि डेनिस र इलारिया सँगै छन् ।

    जर्मनीमा एकपटक भूतको कथामा आधारित एक शो हेरेसँगै उनीहरुले एक अर्काको रगत पिउन सुरु गरेका हुन् । उक्त शोमा प्रेम प्रेमिकाले एक अर्काको रगत पिउँदथे । त्यसयता उनीहरुले निरन्तर एक अर्काको रगत पिउँदै आएका छन् ।

    रगत पिउने क्रममा डेनिस र इलारिया दुवैजनाले केही कुराको विशेष ख्याल गर्दछन्, खासगरी गर्मीका दिनहरुमा जतिबेला रगत छिट्टै जम्दछ । जसका कारण सिरिञ्जबाट रगत निकाल्ने बित्तिकै उनीहरुले रगत पिइहाल्छन् ।

    डेनिसका अनुसार रगत एक पौराणिक जूस हो, जुन जीवनसँग जोडिएको छ । डेनिस र इलारियाका अनुसार एकजनाको रगत अर्को व्यक्तिको शरीरमा जानाले प्रेममा अझै बढोत्तरी हुन्छ । साथै दुवैजनाको स्वभावमा पनि समानता आउनेछ । सोही विश्वासमा उनीहरुले एक अर्काको रगत पिइरहेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast