बुधबार, असोज १, २०७६
    ओएमजी Omg!

    चराले जिउँदै खरायाे निलेपछि... (भिडियाे)

    मंगलवार, १७ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १७ असार । सीगल नामक चराले एउटा जिउँदै खरायाे आफ्नो चुच्चोले समातेर खाएकाे छ। वेल्सको स्कोखोल्म टापुमा सीगल नामक चराले सानो खरायोको टाउको आफ्नो चुच्चोले समातेर सिंगै खाएको हाे । 

    जल तथा प्राकृतिक इतिहास फोटोग्राफर आइरिन मेन्डेज क्रुजले यो स्तब्ध बनाउने घटनाको भिडियो खिचेकी छन् । उनलाई टापुका वार्डेनहरूले सीगलहरूको शिकारी प्रवृत्तिका बारेमा बताएका थिए । 

    साे भिडियाे निकै भाइरल बनेकाे छ।  उक्त भिडियाेमा चराले खरायाे घुटुक्कै निलेकाे हेर्न सकिन्छ । क्रुजको भिडियोमा सानो खरायोले घाँस खाइरहेको थियाे । अचानक त्यहाँ सीगल चरा आइपुग्छ । सीगलले झ्याप्पै खरायोलाई समात्छ र आफ्नो चुच्चोले त्यसलाई हल्लाउँछ । 

    त्यसपछि खरायोलाई जमीनमा लडाएर उसले त्यसको टाउकोलाई चुच्चोले समात्छ अनि बेस्सरी हल्लाएर मार्छ । सीगलले खरायोलाई फेरि झार्छ र तेस्रोपटक टिप्छ, हल्लाउँछ र घाँटीभित्र हुल्छ । अनि चराले घाँटी हल्लाएर खरायो निल्छ । भिडियाे हेर्न लिङ्कमा जानुहाेस्।

    https://videos.dailymail.co.uk/preview/mol/2019/07/02/3858318374064272801/636x382_MP4_3858318374064272801.mp4

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast