बुधबार, कार्तिक २७, २०७६
    कला-सौन्दर्य

    इन्डियन आइडलबाट सधैँका लागि निकालिए अनु मलिक

    मंगलवार, १७ आषाढ २०७६, आहाखबर

    नयाँ दिल्ली, १७ असार । 

    गत वर्ष मीटू अभियानअन्तर्गत यौन शोषणको आरोप लागेका बलिउडका संगीतकार अनु मलिकलाई रियालिटी शो इन्डियन आइडलबाट निकालिएको थियो। 

    तर सीजन ११ मा फेरि अनु मलिकलाई लिने चर्चा चलेको थियो। त्याे खबर निकै फैलिएपछि अब सोनी च्यानलले अनुलाई पूरै निकालेको सूत्रहरूले बताएकाे छ। यस विषयमा अनु मलिकलाई प्रश्न गर्दा उनले भने, ‘यस विषयमा टिप्पणी गर्न सक्दिनँ । इनिडयन आइडलको निर्णायक बन्ने विषयमा कुनै प्रगति भएको छैन । भएको दिन म आफैं घोषणा गर्छु । म अहिले आफ्ना सांगीतिक काममा व्यस्त छु । त्यसैले म धेरै कुराकानी गर्न सक्दिनँ ।’

    गत वर्ष उनलाई चार जना महिलाले सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाएका थिए। गायिका सोना मोहपात्रा र श्वेता पण्डितले मलिकलाई सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाएसँगै अरु दुई गायिकाले पनि उनलाई सेक्सुअल ह्यारेसमेन्ट गरेको भन्दै आरोप लगाएका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast