मंगलवार, श्रावन ७, २०७६
    लाइफस्टाइल

    मनसुन सक्रिय अवस्थामै तर किन परेन पानी ? यस्तो छ कारण

    मंगलवार, १७ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १७ असार ।

    बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेकाले नेपालमा जलवाष्प युक्त वायु आउन नसक्दा पानी पर्न नसकेको मौसमविदको भनाई छ ।

    मनसुनी न्यूनचापीय रेखा नेपाल भन्दा केही पर रहेकाले झरी पर्ने गरी मनसुन सक्रिय हुन नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मनसुन सक्रिय अवस्थामै रहे पनि वायुमा जलवाष्पको मात्रा कम भएकाले पानी लगातार पर्न नकसेको महाशाखाले जनाएको छ ।

    जलवाष्प युक्त वायु जति बढी भयो त्यति नै धेरै पानी पर्ने भए पनि अहिले त्यसको मात्रा नेपालमा कम रहेको मौसमविद बताए ।

    काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम लागेको छ । यस्तै पश्चिमको दिपायल, पूर्वी पहाडका केही क्षेत्रमा पनि घाम लागेको छ । 

    सोचे जस्तो पानी पर्न नसके पनि मंगलबार देशभरको मौसम सामान्यतया बदली हुने जनाइएको छ । तर केही ठाउँको मौसम भने खुल्ने छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast