मंगलवार, श्रावन ७, २०७६
    ओएमजी Omg!

    सिनामङ्गलमा दुर्घटनाः १७ यात्रु घाइते, दुईको अवस्था गम्भीर

    मंगलवार, १७ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १७ असार । 

    काठमाडौँको सिनामङ्गलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । आज बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।
     
    घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए । घाइतेको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast