मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    हार्दिक बधाई !

    एड गुरु पौडेललाई चलचित्र विकास वोर्डको विशिष्ट सम्मान

    मंगलवार, १७ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १७ असार । 

    नेपाल चलचित्र विकास वोर्डले एड गुरु निर्मल राज पौडेललाई फिचर मुभी र विज्ञापनका क्षेत्रमा पु ¥याएको योगदानको उच्च मूल्याँकन गर्दे सम्मानित गरेको छ ।

    लामो समयदेखि विज्ञापनको क्षेत्रलाई आफ्नो कर्म बनाएर अघि बढिरहनुभएका

    पौडेल एक कार्यक्रमकाबीच सम्मानित हुनुभएको हो । 

    नेपाली विज्ञापन क्षेत्रमा पौडेल विगत ३ दशकदेखि क्रियाशिल रहँदै आउनुभएको छ । नेपाल विज्ञापन सघं को पूुर्व अध्यक्ष रहनुभएका पौडेल वेलकम एड्भरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रालिका अध्यक्ष समेत हुनुहुन्छ । 

     

    चलचित्र विकास बोर्डको १९ औं बार्षिक उत्सवको अवसर पारेर सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा  संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा र कार्यक्रमका अध्यक्ष केशव भट्टराईले  वशिष्ट योगदान सम्मानबाट एड गुरु निर्मल राज पौडेल लाई  सम्मानित गर्नुभएको थियो । 

    सोही अवसरमा चलचित्र क्षेत्रका विविध विधामा रहेर काम गर्ने अन्य १९ जना विशिष्ट चलचित्रकर्मीहरुलाई पनि सम्मानित गरिएको थियो ।  

    भूमिकाको स्मरण र कदर 

    पौडेलले लामो समयदेखि नेपाली विज्ञापन र विज्ञापन चलचित्र निर्माण क्षेत्रमा निरन्तर पु¥याएको योगदान र यसको श्रीवृद्धीमा खेलेको उल्लेख्य भूमिकाको स्मरण र कदर गर्दे उक्त सम्मान प्रदान गरेको चलचित्र विकास बोर्डले जनाएको छ । 

    नेपाली विज्ञापन क्षेत्रमा पौडेल विगत ३ दशकदेखि क्रियाशिल रहँदै आउनुभएको छ । नेपाल विज्ञापन सघं को पूुर्व अध्यक्ष रहनुभएका पौडेल वेलकम एड्भरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रालिका अध्यक्ष समेत हुनुहुन्छ । 

    पौडेलले आफ्नो ३ दशक लामो ब्यवसायिक यात्रामा ५ शय भन्दा बढी विज्ञापन र विज्ञापन चलचित्र निर्माण गरिसक्नु भएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast