आईतवार, भाद्र ८, २०७६
    बैंक-बीमा

    स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयसेविकाका लागि बीमा

    सोमबार, १६ आषाढ २०७६, आहाखबर
    काठमाडौँ, १६ असार
     
    तारकेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयंसेविकाका लागि स्वास्थ्य र जीवन बीमाको व्यवस्था गर्ने भएको छ । 
     
    नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले स्वास्थ्य र जीवन बीमा गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले बताउनुभयो । यसबाट उनीहरुलाई काम गर्न थप हौसला मिल्ने उहाँको भनाइ छ । “बीमाले उपचारसँगै उनीहरुमा बचत गर्ने बानीको विकास हुन्छ”, गिरीले भन्नुभयो । 
     
    कार्यक्रमबाट नगरपालिकाका १४२ स्वयंसेविका लाभान्वित हुनेछन् । उक्त कार्यक्रमका लागि नगरपालिकाले रु १० लाख विनियोजन गरेको छ । नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरदैलौ स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ । आगामी आवदेखि सबै वडामा सो कार्यक्रम सञ्चालन गरिने सो नगरपालिकाले जनाएको छ ।  
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast