सोमबार, भाद्र २, २०७६
    मुभी-थिएटर

    क्रिकेटर सन्दीप लामिछाने अब गायनमा, यस्ताे छ उनकाे 'मेमाेरी' (भिडियाे)

    सोमबार, १६ आषाढ २०७६, आहाखबर

    काठमाडाैं, १६ असार ।

    छाेटाे समयमै क्रिकेट जगतमा चर्चत बनेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने अब गायक पनि बनेका छन् । भर्खरै उनकाे 'मेमरी' अर्थात सम्झना बाेलकाे गीत सार्वजनिक भएकाे छ। 

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त भिडियाे सार्वजनिक भएकाे बताएका हुन्। उनले फेसबुक स्टाटसमार्फत मन पराउने विस्वास व्यक्त गरेका छन्। गायनमा याे उनकाे पहिलाे पटक भने हाेइन । यस भन्दा अघि उनले 'उदास थियाे' बाेलकाे गीत गाइसकेका छन्। २०७५ साउन तीन गते सार्वजनिक भएकाे थियाे ।

     उनकै सङ्गीत तथा उल्लास मक्रातीकाे शब्द रहेकाे गीतकाे भिडियाे आज सार्वजनिक भएकाे हाे। राजन मगरकाे म्युजिक एरेन्ज रहेकाे गीतमा सन्दीप, रमन, साेमपाल, दिपेन्द्र, जितेन्द्र, अनिसलगायत अन्य कलाकारकाे अभिनय रहेकाे छ। 

    ज्ञानेन्द्र शर्मा हुमागाईंले निर्देशन गरेकाे यस गीतमार्फत बाल्यकालदेखीका सम्झनाहरूलाई जिवन्त चित्रण गरिएकाे छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast