आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    जनता बैंकको फड्को : एकैसाथ ६ नयाँ शाखाबाट कारोवार आरम्भ

    सोमबार, १६ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १६ असार । 

    जनता बैंक नेपाल लिमिटेडले सोमबार एकैसाथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । बैंकले नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो  । 

    यससगै जनता बैंक शाखा संजालको हिसाबले निजी क्षेत्रको बाणिज्य बैंकहरु मध्ये चौथो ठूलो बैंकको रुपमा स्थापित भएको छ भने समग्रमा सातौ ठूलो बाणिज्य बैंक बन्न सफल भएको छ ।

    मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गर्नुभयो । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले बैंकको बारेमा मन्तब्य राख्नुभएको थियो । 

    यसैगरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिब न्यौपाने तथा किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले समुद्घाटन गर्नुभएको थियो । 

    नयाँ खोलिएका शाखाहरुबाट सो क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगायत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराइने पनि बंैकले जनाएको छ । 

    यससँगै जनता बैंकको शाखा सञ्जाल पूर्वको ताप्लेजुङ्गदेखि पश्चिमको दार्चुला सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १ सय ३५ पुगेको छ । यससँगै बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०३ एटिएमहरु मार्फत आधुनिकस्तरको बैंकिङ्ग सेवा पु¥याउँदै आइरहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast