मुम्बई, १६ असार ।
बलिउडका सुपरस्टार शाहिद कपूर 'चकलेटी हिराे' का नामले परिचित छन्। लामाे समयदेखि बक्स अफिसमा हिट चलचित्रकाे खाेजिमा रहेका शाहिदकाे पछिल्लाे चलचित्र कवीर सिंह प्रदर्शनमा छ।
गत शुक्रबारदेखि भारतिय बक्स अफिसमा रिलिज भएकाे उक्त चलचित्रले राम्राे व्यापार गरेकाे छ। फिल्म ‘कबीर सिंह’ लाई दर्शकले खुबै मन पराइरहेका छन् । फिल्मले अहिलेसम्म १६७ करोड कलेक्सन गरिसकेको छ । फिल्मको कहानी र अभिनयलाई लिएर खुबै तारिफ भएको छ । शाहिदको करिअरको कुरा गर्ने हो भने उनले १६ वर्ष पहिले बलिउडमा पाइला चालेका थिए ।
बलिउडमा पनि कतिपटक यस्तो हुन्छ, जुन फिल्म बन्ने भनेर कलाकारसँग साइन पनि हुन्छ तर फिल्म रिलिज नै हुँदैनन् । शाहिद कपूरसँग पनि यस्तै भएको थियो । शाहिद कपूरका यस्ता ७ फिल्म रिलिज नै हुन पाएनन् ।
हीर रांझा : सन् २०१० मा साबिर खानले 'हीर रांझा' नामक फिल्म बनाउने भनेर दीपिका पादुकोण र शाहिद कपूरलाई लिएका थिए । तर यो फिल्म बन्न सकेन। 'हीर रांझा'मा खेल्ने उनकाे सपना अधुराे रह्याे ।
यहाँ के हम सिकन्दर : यस्तै 'यहाँ के हम सिकन्दर' नामक फिल्म पनि बन्ने भनिएको थियो । यो फिल्ममा शाहिद कपूरसँगै जोन अब्राहमले पनि अभिनय गर्ने भनिएको थियो । फिल्मलाई अहमद खानले निर्देशन गर्ने भनिएको थियो । तर पछि यो फिल्म पनि डब्बा बन्यो ।
यस्तै एके भीएस डीएस, कहीँ तो मिलेगी, चारुलता लगायतका फिल्म निर्माण गर्ने भनिएको थियो । तर, यी कुनै पनि फिल्म बनेनन् । बीचमा शाहिदले प्रियदर्शनसँग एक कमेडी जनराको फिल्ममा काम गर्ने भनिएको थियो । पछि त्यो फिल्म निर्माणको पनि चर्चा सेलायो ।
यति मात्र होइन, निर्देशक सुनील दर्शकले सन् २००४ मा एक फिल्म बनाउनेबारे सोचेका थिए । उक्त फिल्ममा शाहिद कपूर र करीना कपूरको मुख्य भूमिका रहने भनिएको थियो । तर, यो फिल्म हलसम्म आएन ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com