बुधबार, असोज १, २०७६
    ओएमजी Omg!

    आफ्नो मोबाइल बन्द गर्नुहोस्, सित्तैमा पिज्जा खानुहोस् !

    सोमबार, १६ आषाढ २०७६, आहाखबर

    एजेन्सी, १६ असाेज ।

    सुन्दा अनाैठाे लाग्न सक्छ तर, अमेरिकाकाे एउटा रेष्टुरेन्टले अनाैठाे अफर सार्वजनिक गरेकाे छ । हालै मात्र अमेरीकाकाे एउटा रेष्टुरेन्टले  सित्तैमा पिज्जा खान पाइने अफर सार्वजनिक गरेकाे हाे।

    कहिले काहीँ कुनै रेष्टुरेन्टले यस्ता गज्जबका अफर ल्याउँदछन् कि सुन्दैमा मुखमा पानी भरिन्छ । उक्त रेष्टुरेन्टकाे अफर अनुसार उनीहरूले भनेकाे एउटा सानाे  सर्त पूरा गरे उनीहरूले सित्तैमा पिज्जा दिनेछन्।

    उनीहरूले आफ्नाे रेष्टुरेन्टमा आएका ग्राहकहरूकाे माेबाइल लकरमा राख्नेछन् र सित्तैमा पिज्जा दिनेछन्। आफ्नो मोबाइल लकरमा राखेर पाएको सित्तैमा पिज्जा उनीहरुले आफै खान वा दान गर्न समेत सक्नेछन् ।

    सित्तैमा पिज्जा पाउनका लागि एक्लै गएर हुँदैन । कम्तिमा ४ जनाको समूहमा जानु पर्दछ र सबैसँग स्मार्टफोन हुनै पर्दछ । ग्राहकको फोनलाई लकरमा राख्नुअघि रेष्टुरेन्टका कर्मचारीले फोनको चेकजाँच गर्दछन् ता कि फोन सद्दे होस् । त्यसपछि फोनलाई लकरमा राखिन्छ । रेष्टुरेन्टमा खाना खाएर निस्कने बेलामा उनीहरुलाई आफ्नो फोन फिर्ता दिइन्छ ।

    यद्यपि उनीहरुले तत्कालै सित्तैमा पिज्जा पाउने होइन । २४ घण्टाभित्र दोश्रो पटक रेष्टुरेन्टमा आएका बखत उनीहरुले सित्तैको पिज्जा पाउँछन् । यो अफर सुरु भएको करीब ३ हप्ता बितिसकेको छ । अहिलेसम्म रेष्टुरेन्टले ५० वटा ठूलो आकारका पिज्जा सित्तैमा बाँडिसकेको छ ।

    मानिसहरुमा मोबाइलको लत छुटाउन तथा समूहमा कुराकानी तथा छलफल गर्नका लागि प्रेरित गर्न रेष्टुरेन्टले सित्तैमा पिज्जा दिने अफर ल्याएको बताएको छ । मानिसहरु रेष्टुरेन्टमा खान आउँदासमेत मोबाइलमा झुण्डिरहने र एक अर्कामा कुराकानी समेत नगर्ने गर्दा मानिसहरुबीच दूरी बढिरहेको महसुस गरी यस्तो योजना अघि सारिएको रेष्टुरेन्टले जनाएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast