शुक्रबार, कार्तिक २९, २०७६
    राज्य-समाज

    प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त, थप मद्दतका लागि सेनाको हेलिकोप्टर घटनास्थलमा

    सोमबार, १६ आषाढ २०७६, आहाखबर

    काठमाडाैं, १६ असार ।

    सरकारद्वारा प्रतिवन्धित पार्टी नेत्रविक्रम चन्द 'विप्लव' नेकपा र प्रहरीबीच भिडन्त भएकाे छ। साेमबार संखुवासभामा प्रहरी र विप्लवबीच फाइरिङ भएपछि थप मद्धतको लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको हाे।

    सोमबार बिहान सिलिचोङ गाउँपालिका १ सिसुवाखोला हेयाङलामा भिडन्त भएको थियो। अहिले काठमाडौंबाट नेपाली सेनाको एम आइ १७ हेलिकप्टर सशस्त्र प्रहरी निरीक्षक उमेष थापाको कमाण्डमा १५ जना र नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षकको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेको नेपाल प्रहरी सचिवालयका एसपी रमेश थापाले जानकारी दिए।

    आज बिहान संखुवसभाबाट प्रहरी नायव निरिक्षक टिकाराम सुनुवारको कमाण्डमा ७ जना, प्रहरी चौकी सिसुवाटारको प्रहरी जवान दुईजना र शसस्त्र प्रहरी बलको प्रहरी साहयक निरीक्षकको कमाण्डमा १० जनाको टोली गरी जम्मा १९ जनाको टोली सिलीचुङ गाउँपालिकाका होयाङग्ला भन्ने स्थानमा सर्च गर्नको लागि पुगेको थियो।

    गस्तीमा रहेको प्रहरी र विप्लव समुहबीच फाइरिङ भएको खबर आएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए। फायरिङमा मानवीय क्षति भने भएको छैन ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast