शनिबार, कार्तिक ३०, २०७६
    यातायात

    एग्रेसिभ बन्दै साझा यातायातः २० थप नयाँ बस सञ्चालन, यस्ताे छ बस चल्ने रुट

    सोमबार, १६ आषाढ २०७६, आहाखबर

    असार १६, काठमाडाैं । 

    साझा यातायाले २० ओटा नयाँ बस आज सोमबार देखि सञ्चालनमा ल्याएको छ । साझाले काठमाडौं, भक्तपूर, ललितपूरमा यी बस सञ्चालन गरेको हो । अब साझाल २० नयाँ बस थपेसँगै आजदेखि साझाको बस संख्या ७१ पुगेको छ । 

    साझा यातायातका अनुसार २० ओटा नयाँ बसमध्ये ६ वटा बस नयाँ बसपार्क–सूर्य विनायक रुटमा चल्नेछन् । नयाँबसपार्क–कमल विनायक रुट, बसपार्क–लगनखेल , सोहीबाटो र त्रिभुवनपार्क–पाटन हस्पिटलको रुट चल्ने छन् । त्यसैगरी लगनखेल–रत्नपार्क हुँदै दक्षिणकालीनपनि साझाको बस चल्ने छन् । 

    युरो ४ मापदण्डका यी नयाँ २० गाडी ४० बढी सिट क्षमताका छन्। यी बसमा अहिलेको जस्तै एलइडी टिभी, सिसी क्यामरा, समाउन मिल्ने ह्याङ्गर लगायतका सुविधा छन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast