बिहिवार, मंसिर ५, २०७६
    सार्क

    २ अर्ब भारतीय रुपैयाँको वैवाहिक कार्यक्रम, नायिका कट्रिनादेखि योग गुरु रामदेवसम्म सहभागी

    सोमबार, १६ आषाढ २०७६, आहाखबर

    अउली, भारत, १६ असार 

    भारतको उत्तराखण्डको अउली नगरमा एक बैबाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्वीन्टल फोहोर विसर्जन गरिएको छ ।

    नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो ।

    जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित भएको इलाका पूरै सफा गरिएको जानकारी दिनुभयो । गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो ।

    गुप्ता परिवारका सदस्य अजय गुप्ताले सफाईका लागि भारतीय रुपैयाँ ५४ हजार नगर निगमलाई भुक्तानी गरेको बताउनुभयो । निकै भव्य रुपमा गरिएको यस विवाह कार्यक्रममा करिब भारु दुई अर्ब खर्च भएको बताइएको छ । 

    नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाई कर्मचारी खटाएको पनि नगर निगमले जनाएको छ ।

    उत्तराखण्ड उच्च अदालतले पनि जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याका बारेमा प्रतिवेदन बुझाउन आदेश दिएको छ ।

    विवाह समारोहमा मुख्य मन्त्रीहरु, नायिका कट्रिना कैफ, योग गुरु बाबा रामदेव समेतका विशिष्ट पाहुनाहरु सहभागी भएका थिए । विवाह कार्यक्रमकै अवसरमा रामदेवले दुई घण्टे योग शिविर सञ्चालन गरेका थिए । विवाहमा सहभागी हुने अतिथिहरुका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast