सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    धान दिवसमा डा. बाबुराम भट्टराईले यसरी गरे राेपाईं (फाेटाे फिचर)

    आईतवार, १५ आषाढ २०७६, आहाखबर

    काठमाडाैं, १५ असार ।

    समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई धान दिवसका दिन धान राेप्न व्यस्त देखिन्छन्। असार १५ अर्थात आइतबार अध्यक्ष भट्टराई हलाे जाेत्न र धान राेप्नमा व्यस्त छन्।

    गाेरखाका किसानहरू सित मिलेर राेपाईं गरेकाे फाेटाे उनले सामाजिक सञ्जाल फेसबुकमा पाेष्ट गरेका छन्। उनले पाेष्ट गरेकाे फाेटाे र क्याप्सन हेर्दा उनी किसानहरू सित निक्कै रमाएका देखिन्छन्।

    संयुक्त राष्ट्रसङ्घले सन् १९६६ लाई भोकमरीबाट मुक्त भन्ने नारासहित धानबालीलाई वर्ष बालीको रूपमा मनाउने घोषणा गरेको थियो । नेपालले विसं २०६२ देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । वर्षैपिच्छे कृषिमा परनिर्भरता बढ्दैगएका कारण  उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउने प्रचलन चलेको हो ।

    कृषि मन्त्रालयका सहप्रवक्ता शङ्करप्रसाद सापकोटाका अनुसार धानबालीका लागि योग्य कूल करिब १४ लाख २५ हजार हेक्टर जग्गामध्ये असार १४ सम्म ८ प्रतिशतमात्र रोपाइँ भएको हाे।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast