मंगलवार, श्रावन ७, २०७६
    ओएमजी Omg!

    बाघले यसरी लखेट्याे माेटरसाइकल चालकलाई (भिडियाे)

    आईतवार, १५ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १५ असार । 

    जङ्गलकाे बाटाे हुँदै माेटरसाइकलमा आफ्नाे गन्तव्य तिर गइरहेका एक माेटरसाइकल चालकलाई बाघले लखटेकाे छ। भारतको कर्नाटक तथा केरल राज्यको सिमानामा रहेको जंगलमा एक मोटरसाइकल चालकलाई बाघले लखेटेको हाे । 

    भारतिय सञ्चार माध्यम आजतकमा  यसको भिडियो समेत सार्वजनिक भएको छ। उक्त भिडियाे सामाजिक सञ्जालमा भाइरल नै बनेकाे छ। मोटरसाइकल चालक तीव्र गतिमा जंगलको बीचमा बनेको राजमार्गमा हुँइकिरहेको बेलामा जंगलभित्र अचानक आएको बाघले लेखेटेको भिडियोमा देखिन्छ ।

    बाघले झाप्पु हानेको नहानेको र मोटरसाइकल चालकको स्थिति कस्तो रहेको, भने केही थाहा हुन सकेको छैन । भिडियाे हेर्न लिङ्कमा जानुहाेस्।

    https://twitter.com/i/status/1145201228118290432

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast