बुधबार, कार्तिक २७, २०७६
    कला-सौन्दर्य

    म्युजिक भिडियाेमा जम्दै टिकटक क्वीन्स्, यस्तो छ ट्वीन्नी गल्र्सको नयाँ म्युजिक भिडियो

    आईतवार, १५ आषाढ २०७६, आहाखबर

    काठमाडाैं, १५ असार ।

    टिकटक क्वीन ट्वीन्स प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा अब माेडलिङमा छाउन थालेका  छन्। टिकटकमा ट्वीन्नी गल्र्सका नामले परिचित दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा पछिल्लाे समय माेडलिङमा जमेका छन्।

    प्रिज्मा र प्रिन्सी खतिवडासँगै टिकटकका अर्का हिट ट्वीन्स  दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठको अभिनय रहेकाे ‘अमिलो निबुवा’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएको छ। उक्त गीतकाे अभिनयमा ट्वीन्नी गल्र्स प्रिज्मा र प्रिन्सी खतिवडा र दीपा र दमन्ता श्रेष्ठलाई शिशीर भण्डारीले साथ दिएका छन्।

    म्यूजिक भिडियो निर्देशन गर्दै आएका जीवन रसाइलीको स्वरमा समावेश ‘अमिलो निबुवा’ आइतबार सार्वजनिक भएको हाे । रसाइलीलाई स्वरमा निकिता थापाले साथ दिएकी छिन् । दिपक सिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा कुशल सिंहको एरेन्ज रहेको छ । गीतमा माया परितीको भाव समेटिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast