सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराई मन्त्री बन्ने दौडमा, बार्ताको लागि बालुवाटार

    आईतवार, १५ आषाढ २०७६, आहाखबर

    असार १५ काठमाडौं ।  
     

    नेपाल कम्यूनिष्ट पार्टि नेकपाका दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दहाल प्रचण्डले ६ मन्त्री हेरफेर गर्ने भएका छन् । 

    उचित कार्यसम्पादन गर्न नसक्ने सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तिमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो ।

    जसमा महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराई मन्त्री बन्ने दौँडमा छन् । यसकालागी बालुवाटारमा वार्ताको लागी तीन संसदलाई बोलाईएको छ । प्रचण्डले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् । 

    प्रधामन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन्। त्यस्तै अर्का अध्यक्ष दाहालले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु शाह र देवेन्द्र पौडेलललाई आफ्नो निवास खुमलटार बोलाएका छन्। कुन मन्त्रीलाई हटाउने भन्नेबारे केही खुलाइएको छैन ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast