सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    ५ दिनदेखि फाेहर व्यवस्थापन हुन नसकेपछि उपत्यका दुर्गन्धित, डाक्टर भन्छन् - छिट्टै संक्रमण फैलने खतरा

    आईतवार, १५ आषाढ २०७६, आहाखबर

     

    काठमाडाैं, १५ असार ।

    काठमाडाैंका हरेक गल्लीहरूमा थुपािरएकाे फाेहाेरकाे डङ्गुरले सडककाे साैन्दर्यलाई मात्र कुरूप बनाएकाे छैन, यसले यसले उपत्यकालाई दुर्गन्धमय र अस्तव्यस्त नै बनाएकाे छ।

    उपत्यकाको फोहोर फाल्ने गरिएको स्थान नुवाकोटस्थित सिसडोलका बासिन्दाले अवरोध गरेपछि पाँच दिनदेखि फोहोर थुप्रिँदै आएकाे छ। सिसडोलका बासिन्दाले चर्काे विराेध गरेपछि फोहोर व्यवस्थापन हुन नसकेको हो। 

    विभिन्न माग राख्दै त्यहाँका बासिन्दाले उपत्यकाबाट फोहोर लिएर गएका गाडी रोकेपछि पाँच दिनयता फोहोर फाल्न नपाइएको हो। फोहोर थुप्रिएका कारण काठमाडौं उपत्यकामा दुर्गन्ध फैलिएको छ। जसबाट गम्भीर खालका रोग फैलन सक्ने खतरा बढेको चिकित्सकले बताएका छन्।

    प्रतिकूल मौसम तथा घना बस्ती रहेकाले उपत्यकामा छिट्टै संक्रमण फैलने खतरा रहेको चिकित्सकको भनाइ छ। उपत्यकामा दैनिक ११ सय टन फोहोर संकलन हुने गरेको छ। यस अवधिमा ५ हजार टनभन्दा बढी फोहोर जम्मा भइसकेको छ। अहिले उपत्यकावासी नाक थुनेर हिँड्न बाध्य छन्।  

    सिसडोलवासी आफ्ना माग सम्बोधन नहुँदासम्म फोहोर फाल्न नदिने अडानमा छन्। सिसडोल फोहोरले भरिइसकेका कारण अस्तव्यस्त भएकाले अब फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्या समाधान गर्नुपर्ने माग स्थानीय वासिन्दाको माग छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast