मंगलवार, श्रावन ७, २०७६
    यातायात

    नारायणगढ-मुग्लिन सडकमा पहिरो हटाउन डोजरसहित प्रहरी परिचालन

    आईतवार, १५ आषाढ २०७६, आहाखबर

    मुग्लिन, असार १५ ।

    मुग्लिन-नारायणगढ सडक खण्डमा वर्षा सुरू भएसँगै पहिरो गएर घन्टौं सडक अवरुद्ध भइरहने हुनाले चितवन प्रहरीले आपतकालीन अवस्थामा पहिरो हटाउन डोजरसहित प्रहरी परिचालन गरिएको छ ।

    आइतबारदेखि लागू हुने गरी इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरी चौकी जुगेडीमा डोजरसहित प्रहरी परिचालन गरिएको हो ।

    दुई वटा समूहमा डोजरसहित प्रहरी खटिने छन् ।

    कतै दुर्घटना भए पनि यो टोलीले उद्धार गर्ने छ ।

    मुग्लिन-नारायणगढ सडक पिच भइसके पनि माथिबाट खस्ने पहिरोले सडक अवरुद्ध भइरहने गरेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast