मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    आईफालाई ४४ करोड रुपैयाँ दिने बारे अर्थमन्त्री नै बेखबर

    आईतवार, १५ आषाढ २०७६, आहाखबर

    असार १५, काठमाडौं । 

    अर्थमन्त्री यूबराज खतिवडाले निजी क्षेत्रको भारतीय इन्टरनेसनल इन्डिया फिःमस अवार्ड समारोहलाई ४४ करोड दिने बारे अर्थमन्त्रीनै बेखवर रहेको बताएका छन् ।

    काठमाडौंमा शनिबार आयोजित ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवादमा नेपाल सरकारले ‘प्रायोजन’ गर्ने र यसका लागि तत्काल ४४ करोड रुपैयाँ दिनेबारे अर्थ मन्त्रालय ‘बेखबर’ रहेको जानकारी दिएका हुन् । 

    आईफालाई पैसा दिनेबारेको प्रस्ताव अर्थ मन्त्रालयमा आएको छैन । नेपाल पर्यटन बोर्ड वा महानगरपालिकाले पैसा दिएको भए त्यो सरकारको कुरा होइन ।’
    ‘नेपाल सरकारले झन्डै १ करोड रुपैयाँ भारतीय फिल्मकर्मीको हितमा दिएपछि कसरी ‘राष्ट्रवाद’ को बचावट गर्न मिल्छ ? यो हाम्रो सफ्ट–पावरको उपयोग हो कि दुरुपयोग ?,’

    कार्यक्रममा नेकपा नेता एवं पूर्व गृहमन्त्री भीम रावलले मन्त्री खतिवडालाई सोधेका थिए । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विदेशी फिल्म प्रवर्द्धनमा नेपाल सरकारले आयोजक बनेर पैसा खर्चनुको अर्थ नरहेको बताए ।

    नेता रावलले ट्वीटमार्फत पनि आइफा आयोजना गर्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका छन । ‘भारतीय चलचित्र पुरस्कार आइफाको आयोजनाका लागि काठमाडौं महानगरले ४४ करोड दिने, नेपालको करिब १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खबर सुन्दा आश्चर्य लागेको छ,’ रावलले बताएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast