मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    'प्रचण्ड देउवासँग मिलेर प्रधानमन्त्रीबाट ओलीलाई हटाउँछन्' (हेर्नुस् भिडियाे)

    शनिबार, १४ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १४ असार। राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने सनसनीपूर्ण  खबर खुलासा गरेका छन्। 

    डा. केसीले प्राइम टेलिभिजनमा ऋषि धमलाकाे ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा अन्तर्वार्ता दिदैं साे कुराकाे खुलासा गरेका हुन्। नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने सनसनीपूर्ण दाबी गरे।

    गत असार १२ गते अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाला लाई  भेटेका थिए। बुधबार मात्र बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका प्रचण्डले सोही कुराकानीका आधारमा आज देउवालाई भेटेको बताइएको थियाे।

    तर, प्रचण्डले संक्रमणकालीन न्यायको मुद्दामा केपी ओलीलाई भन्दा आफूलाई चासो र चिन्ता बढि भएकाले यो विषयबारे आफू सक्रिय हुने जनाउ देउवालाई दिएका थिए। ‘मूलतः यो विषय कांग्रेस र हिजोको माओवादीको हो, हामीले नै मिलेर निष्कर्षमा पुर्याउनु पर्छ, यसका लागि म तपाईंलाई नेता मान्छु,' भेटवार्ताको सन्दर्भमा प्रचण्डलाई उधृत गर्दै स्रोतले भनेकाे, ‘उहाँहरुबीच अब यो विषयलाई प्राथमिकतामा पार्ने सहमति भएको छ।’ 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast