आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    बर्दियाको ठाकुरद्वारामा सिभिल बैंक लिमिटेडको ८५ औं शाखा

    शनिबार, १४ आषाढ २०७६, आहाखबर

    बर्दिया, १४ असार । 

    सिभिल बैंकले बर्दियाको ठाकुरद्वारामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर श्रीमती कृष्णा कुश्मा थारु (आस्था) ले गर्नुभयो ।

    शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको समेत उपस्थिति थियो ।

    बैंकको यस शाखा सहित सिभिल बैंकको कुल शाखा संख्या ८५ पुगेकोे पनि बैंकले जनाएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast