मंगलवार, श्रावन ७, २०७६
    पर्यटन समाचार

    विश्वकप क्रिकेट हेर्न ‘बेलायत’ जाँदा साथमा घुम्न सकिने यी प्रख्यात ‘हटस्पट’ (फोटोफिचर)

    शनिबार, १४ आषाढ २०७६, - खेल पर्यटन/ आहा खबर .

    काठमाडौं, असार १४ । 

    अहिले क्रिकेटको विश्वसँग्राम चलिरहेको छ । जहाँ कुल १० टीम आ–आफ्नो देशलाई विश्वकप दिलाउने दाऊमा छन् । जहाँ कतिपय टीम चाहि आफ्नो जीत दोहोर्याउने रणनीति बुनिरहेका छन् । 

    विशेषगरी क्रिकेटको राजधानी बेलायतमै आयोजना भएकाले पनि यस विश्वकपको अलग्गै महिमा छ ।

    यस्तो अवस्थामा यदि तपाई पनि क्रिकेटको फ्यान हुनुहुन्छ वा भ्रमणको सौखिन हुनुहुन्छ भने यो हाम्रो प्रस्तुती तपाईंका लागि अवश्य झन् लाभदायी हुने छ । 


    विश्वकप हेर्न भारतबाट ८० हजार दर्शक
     
    नेपालको छिमेकमा अवस्थित भारतमा क्रिकेटको क्रेज अत्यधिक रहेको सर्वविदितै छ । विशेषगरी भारत र पाकिस्तानबीच हुने म्याच हेर्ने टिकट बिक्रिको तथ्यांकले पनि त्यसलाई सावित गर्छ । 

    भारत ठूलो देश भएकाले र त्यहाँ बढी व्यावसायिक कारोबार हुने भएकाले पनि संख्यात्मक हिसाबमा त्यहाँका मानिस बढी विदेश भ्रमण गर्छन् । 

    त्यसो त कैयौ भारतीय क्रिकेट हेर्नकै लागि आफ्नो देशको टीम खेलेको अवसर पारेर विदेशतिर घुम्न निस्कने गर्छन् । 

    यसपटक इंग्ल्याण्डमा भैरहेको वल्र्डकप हेर्नका लागि लगभग ८० हजार त्यसतर्फ जानसक्ने बताइन्छ । अहिलेसम्म लगभग २ लाख आवेदकले भारतबाट त्यसतर्फ विश्वकप हेर्न जानका लागि भिसा एप्लाई गरिसकेका छन् । 

    यसैबीच केही नेपाली समेत वल्र्ड कप हेर्नका लागि इंग्ल्याण्डतर्फ लागेको र कोही जाने तरखरमा रहेको केही हवाई सेवा प्रदायक कम्पनीहरुले जनाएका छन् । 

     

    फाइनल २४ जुलाईमा

    ३० मईबाट सुरु भएको विश्वकप २०१६ आगामी २४ जुलाईमा ईंग्ल्याण्डको लडृस् मैदानमा खेलिनेछ ।

    लडृस् ओवेल मेलानका अलावा चेल्सी म्यानचेस्टर जस्ता शानदार फुटबल स्टेडियम समेत बोनसका रुपमा हेर्न सक्नुहुनेछ ।  

     

    लण्डन

    आफ्नो अलग्गै महिमाका कारण विश्वभर परिचित बेलायतको राजधानी लण्डनको नामै काफी छ । धेरै अघिदेखि विश्वविख्यात यस शहरको नाम घुमफिरको दुनियाँमा समेत स्पेशल मानिन्छ । विश्वकपको पहिलो खेल पनि यसै शहरको ओवलमा खेलिएको थियो अन्तिम तथा फाइनल समेत यहीकै लडर््समा खेलिनेछ । 

    ऐतिहासिक लण्डन शहर घुम्नेक्रममा त्यहाँको बिग बेन, लण्डन आई, बकिंगम प्यालेस, चर्चिल वार रुम, लण्डन ब्रिज पुग्न सकिन्छ । 

    तपाईं लण्डन पुग्नुभयो भने थेम्स् नदीमा विहार गर्दै ग्रीनवीच टाइम (जीएमटी) सुरु हुने स्थानसम्म पुग्न नभुल्नुहोला । त्यस्तै, यदी तपाईं खानाको शौखिन हुनुहुन्छ भने त्यहाँको पिटरश्याम वा क्रिकेट रेस्टुरेण्टमार्फत आफूनो स्वाद पूरा गर्न सक्नुहुनेछ । 

     

    लीड्स

    यो ईंग्लायाण्डको सबैभन्दा पुरानो शहरमध्ये एक मानिन्छ । आफ्नो समकालीन कलाकौशलको विरासत धानेर बसेको यस शहरमा आर्ट ग्यालेरी, सिटी म्यूजियम कर्कस्टाल एबे, रौंधे पार्क, रोयल आर्मरीज लगायतको घुमघाम गर्न सकिन्छ । 

    त्यस्तै, त्यहाँको मिलेनियम स्क्वायर तथा पार्क रो, ब्रिगेट, कल लेन, ओएक्स क्लब रेष्टुरेण्ट लगायतमा बसी स्वादिष्ट खाना वा पेय पदार्थको साथमा लाइभ कन्सर्टको समेत मजा लिन सक्नुहुनेछ ।  


    नाटिंघम - रोबिन हुडको धर्ती 

    नाटिंघमलाई विशेषगरी रोबिन हुडको धर्ती भनेर समेत चिनिन्छि । रमाइलो कुरा के भने यो शहर लगभग पूर्णरुपमा निकै आकर्षक निर्माणले घेरिएको छ । सन् २०१९ को विश्वकपको खेल यस शहरमा खेलाउने यस अघि नै तय भएको छ । 

    सिटी ऑफ केव्स भनेर समेत चिनिने यस शहरमा घुम्ने क्रममा रोबिनहुडले घुम्ने गरेका जंगल वा गुफमा समेत जान सकिन्छ । विचरण गर्नका लागि नॉटिंघम क्यासल, ओल्ड मार्केट स्क्वायर, न्यूस्टेड एबे, सिटी ऑफ केव्स, नॉटिंघम क्याथड्रल आदी विशेष मानिन्छन् ।


    ब्रिस्टल

    एभन नदीको किनारमा रहेको इंग्लायण्डको ब्रिस्टल शहर १९ औं शताब्दीसम्म केवल गोदामका लागि प्रयोग हुने गथ्र्यो । तर यो २१ औं शताब्दी हो । अहिले यस शहरमा कायापलट भैसकेको छ । रेस्टुरेण्ट र पबका लागि प्रख्यात यस शहर विशेष गरेर क्रिकेट प्रेमिहरुका लागि झन् खास मानिन्छ । 

    क्रिकेट प्रशंसकका लागि यहाँ ब्रिस्टल कैथेड्रल, क्लिफ्टन सस्पेंशन ब्रिज तथा लैंडर ट्रो लगायत मजा लिने माध्यम हुन् । त्यस्तै, ब्रिस्टल हिप्पोड्रोममा कमेडी शो तथा ब्रिस्टल हॉर्बरमा गई रोमाञ्चक राइडको आनन्द समेत लिन सकिने छ ।  

     

    डरहम

    पुरै बेलायतकै महत्वपूर्ण ऐतिहासिक धरोहर रहेको यस शहर घुम्ने क्रममा यात्रुहरु
    त्यहाँको डरहम टाउन हल, डरहम क्याथड्रल, ओपन एयर म्यूजियम, डरहम क्यासल तथा हाई फोर्स वाटरफल लगायतका क्षेत्रमा जान सक्छन् । 

    त्यस्तै, खानका लागि पोम्पियरी पिज्जा, ओल्ड टॉम गिन बार, द टाउन हाउस, द ओल्ड वेल लगायतका रेष्टुरेण्टमा जान सकिन्छ । त्यस्तै, यहाँको लाइव ओपन एयर नाइट शो  तथा ड्यूक गार्डेन पनि घुम्न लायक छन् ।  

     

    बर्मिंघम

    बेलायतको यो शहर लण्डनपछि सबैभन्दा ठूलो आबादी भएको शहर समेत हो । क्रिकेट विश्र्वकप द्दण्ज्ञढ का कैयौं प्रतिश्पर्धा यस शहरमा पनि हुदैछन् । 

    यस शहरमा थुप्रै दक्षिण एशियाली नागरिकको समेत बसोबास रहेको छ । यहाँ पुगेपछि  क्याडबरी व‌र्ल्ड, ड्रेटन थीम पार्क, शेक्सपियरको जन्मस्थल लगायतका स्थानको भ्रमण गर्न सकिन्छ । 

     

    साउथ्याम्टन

    बेलायतको यो रमाइलो शहर ह्याम्पशायर नजिकै छ । वर्षौ पुरानो इतिहासका कारण यो शहर विश्वभरका दर्शकका लागि आकर्षणको केन्द्र मानिन्छ । 

    समुद्री तटमा बसेको यो शहरमा जलीय जिव र शाहषिक खेल हेर्न विश्वभरबाट पर्यटक पुग्ने गर्दछन् । त्यस्तै खानाका पारखीहरुका लागि समेत यो शहर चर्चित छ । 

     

    कार्डिफ 

    बेलायतभित्रको यो अर्को प्रख्यात शहर कार्डिफ आफ्नो अलग्गै कला इतिहास, प्राचीनकालदेखिका ओपेरालागि घुम्न जान विशेष मानिन्छ । 

    नजिकैको चर्चित वेल्स्को दक्षिण तटीय क्षेत्रमा अवस्थीत यो शहरमा आउनेहरु ब्रीकन बीकन नेशनल पार्क जान कहिल्यै छुटाउँदैनन् । 

     

    म्यानचेस्टर 

    फुटबल खेलको मक्काकारुपमा प्रख्यात म्यानचेष्टर शहर एकहिसाबले इँग्ल्याण्डकै शान हो । पर्यटकीय हिसाबले समेत निकै व्यस्त यस शहर निकै नै सुन्दर समेत छ । यादगार छुट्टी मनाउन चाहनेका लागि यहाँ निकै रमाइला नाइट क्लब समेत छन् । 

    म्यानचेष्टर गएका बखत तपाई पनि त्यहाँको राष्ट्रीय फुटबल म्यूजियम, क्यासल फील्ड, म्यान चेस्टर टाउन हल तथा म्यानचेस्टर विश्र्वविद्यालय लगायतको समेत भ्रमण गर्न सक्नुहुनेछ ।

     

    स्कटल्याण्ड

    यदी तपाईं इँग्ल्याण्डको भिसा लिएर त्यहाँ पुग्नुभएमा स्कटल्याण्डका लागि अलग्गै भिसा लिन जरुरी छैन । त्यस्तै, यदी तपाईं ह्यारी पोर्टरको प्रशंशक हुनुहुन्छ भने त झन् स्कटल्याण्ड तपाईंका लागि थप रोमाञ्चक हुने निश्चित छ । यूको उत्तर भागमा अवस्थित स्कटल्याण्डको राजधानी एडनबरा पुग्न इँग्ल्याण्डबाटै सिधा बस वा रेल उपलब्ध हुने गर्छ । 

    स्कटल्याण्ड गएका बेला त्यहाँको ह्यारी पोर्टर रेलको आनन्द उठाउन सकिनेछ, जो निकै नै रोमाञ्चक समेत मानिन्छ । उक्त रेलबाट स्कटल्याण्डका सबै सुन्दर स्थानहरुको भ्रमण गराइने भएकाले जो निकै यादगार समेत मानिन्छ । 

     

    - विभिन्न एजेन्सीहरुको सहयोगमा

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast