मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    असफल सरकारबाट जनताले मुक्ति पाउनुपर्छ, टिकाइ राख्न जरूरी छैन् : शेरहादुर देउवा

    शनिबार, १४ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १४ असार । 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार असफल भएको आरोप लगाएका छन् । सभापति देउाले असफल सरकारलाई  टिकाइ राख्न जरूरी नभएको बताएका हुन्।

    शनिबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले कम्युनिष्ट नेतृत्वको सरकार मुलुक सञ्चालन गर्न असफल भएको आरोप लगाएका हुन । उनले जनताले वर्तमान सरकारबाट मुक्ति चाहेकाले जनताले नै सरकार ढाल्ने बताए ।

    सरकारले गरेका सबै काम विवादमा परेको भन्दै उनले सरकारलाई टिकाइराख्न जरुरी नभएको बताए । कार्यक्रममा सुनकोशी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा बिशिष्ट योगदान पुर्‍याउने पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, बालकलाकार आयुष केसीलगायतलाई सम्मान गरिएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast