मंगलवार, मंसिर ३, २०७६
    यातायात

    फेरि खस्यो पृथ्वी राजमार्गमा लेदो, सबै सवारीसाधन अडिकए

    शनिबार, १४ आषाढ २०७६, आहाखबर

    असार १४, काठमाडौं । 

    पृथ्वी राजमार्गस्थित धादिङ गल्छी सडक खण्डमा लेदो खसेर पुनः राजमार्ग अवरुद्ध भएको छ ।

    शनिबार बिहान करिब ८ बजेबाट सडक अवरुद्ध भएको हो । पहाडबाट खसेको लेदोले एक किलोमिटर जति सडक अवरुद्ध पारेको छ ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान सात बजेर ५० मिनेटबाट सडक अवरुद्ध भएको छ ।

    अहिले दुवैतर्फ सयौं सवारी साधान रोकिएको प्रहरीले जनाएको छ ।लेदो हटाउन एक स्काभेटर र ६ जेभिसी प्रयोग गरिएको छ । प्रहरीले अवरुद्ध सडक खुलाउन अझै आधा घण्टा लाग्ने जनाएको छ ।

    दुई दिन अगाडि पनि लेदो सडकमा खस्दा करिब पाँच घण्टा सडक अवरुद्ध भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast