सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    निर्देशन अवज्ञा गरेको भन्दै दूरसञ्चार प्राधिकरणद्धारा एनसेल कारवाहीमा

    शनिबार, १४ आषाढ २०७६, आहाखबर

    असार १४, काठमाडौं । 

    नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायक कम्पनी एन्सेललाई कारवाही गरेको छ  । एन्सेलले प्राधिकरणले दिएको निर्देशन बमोजिम पल्स दर कायम नगरेको भन्दै कारवाहीमा परेको हो ।

    प्राधिकरणले कम्पनीलाई केही महिना अगाडी पल्स दर कायमगर्न निर्देशन दिएको थियो र तर एन्सेले यो निर्देशनको अवज्ञागरेको छ । प्राधिकरणका अनुसार वार्डबैठकले एन्सेल प्रालिले २०७४ सालमा पल्सदर घटाउन दिएको नर्देशन पालना नगरेको भन्दै कारवाही स्व्रुप ५० हजार रुपौँया जरिवाना गर्ने निर्णय गरेको छ । 

    भ्वाइस सेवा संचालन गर्न अनुमति प्राप्त सबै सेवा प्रदायकहरुलाई प्राधिकारणले २०७४ वैशाख १ गतेदेखि नयाँ पल्स रेट लागू गर्न निर्देशन दिएकोमा एनसेल प्रालिले सो पल्स रेट लागू नगरेको प्राधिकरणको दाबी छ ।

    २०७४ सालदेखि प्राधिकरणले पल्स रेटलाई झारेर स्थानीय कलमा १० सेकेण्डको एक पल्स हुने व्यवस्था मिलाएको थियो अन्तर्रा्ष्ट्रिय कलतर्फ २० सेकेण्डको एक पल्स हुने व्यवस्था लागू गरेको थियो । त्यसअघि स्थानीय कलमा २० सेकेण्डको एक पल्स तथा अन्तर्रा्ष्ट्रिय तर्फ ६० सेकेण्डको एक पल्स तोकिएको थियो ।

    एनसेलले प्राधिकरणको निर्देशनअनुसार वैशाख १ गतेदेखि नयाँ पल्स रेट लागू गर्नुपर्नेमा करिब २० दिनसम्म पुरानै पल्स रेट लागू गरेर प्राधिकरणको निर्देशन अवज्ञा गरेको थियो भने ग्राहकहरुले पनि नयाँ पल्स रेट लागू नहुँदा अतिरिक्त महशुल तिर्नुपरेको थियो ।

    नयाँ पल्स रेट लागू गर्न नसक्ने विषयमा एनसेलले प्राधिकरणलाई पूर्व जानकारी नदिएको र कुनै कारण पनि पेश नगरेको बोर्डको भनाई छ । प्राधिकरणले दूरसंचार ऐन २०५३ को दफा ४७ (१)बमोजिम एनसेललाई कारबाही गरेको हो । सो दफामा प्राधिकरणको निर्देशन पालना नगर्ने अनुमतिपत्र प्राप्त सेवा प्रदायक कम्पनीलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast