मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    नायिका करिश्मा मान्नधरलाई छोरी कविताको भावुक स्टाटस

    शुक्रबार, १३ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १३ असार

    नायिका करिश्मा मानन्धर एसईई परीक्षामा राम्रो नम्बर सहित उत्तिर्ण भएपछि छोरी कविता मानन्धरले भावुक स्टाटस् लेखेकी छिन् । हिजो सार्वजनिक भएको एसईई परीक्षाको रिजल्टमा नायिका करिश्मा मानन्धर राम्रो ग्रेडमा उत्तिर्ण भएकी हुन् । उनले एसईई परीक्षाको लागी निकै नै मिहिनेत गरेकी थिइन् ।

    उनले गरेको मिहेनतको फलस्वरूप राम्रो नतिजा पनि हात पारेकी छिन् । उनले एसईई परीक्षामा ‘बी प्लस’ ल्याएकी छिन् । करिश्माले राम्रो अङ्क ल्याउँदै उत्तिर्ण भएपछि प्रत्यक्ष अपत्यक्ष रूपमा बधाई दिनेहरूको ओइरो नै लागेको छ । नायिका करिश्मा एकदमै खुसी समेत भएकी छिन् ।

    कलाकारदेखि ठूला ठूला व्यक्तिले उनलाई बधाई दिइरहेका छन् । यस्तै उनकी छोरी कबिता मानन्धरले फेसबुकमा निकै भावुक स्टाटस लेख्दै उनलाई बधाई दिएकी छिन् । आमाको यो सफलतामा कबिता पनि निकै खुसी छिन् ।

    उनले फेसबुकमा लेखेकी छिन्, ‘आमा, तपाईंको सफलतामा म कति गर्व महसुस गरिरहेको छु, त्यो भन्न सक्दिनँ । यसका लागि तपाईंले जति मेहनत गर्नुभयो, रातभरी सुत्नुभएन, बिहान, दिउँसो, साँझ केही भन्नुभएन । र तपाईंमाथि अत्यधिक दबाब पनि थियो । यी सबै कुराले अब उचित मूल्य पाएको छ ।’

    करिश्मालाई एसईई परीक्षाको समयमा उनकी छोरीले पनि निकै साथ दिएकी थिइन् । करिश्मालाई खुसी देखेर उनका सम्पूर्ण समर्थक निकै खुसी भएका छन् । अब करिश्माले म्यानेजमेन्ट लिएर पढ्ने बताएकी छिन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast