बुधबार, असोज १, २०७६
    ओएमजी Omg!

    धर्तिमातालाई पक्राउ गर्दा प्रहरी हवल्दार नै कापेपछि...

    शुक्रबार, १३ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १३ असोज।

    आफुलाई धर्तिमाता बताउँदै आएकी विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। गुल्मी घर भई बुटवल बस्ने विष्णु कुँवरलाई आज विहान प्रहरीले पक्राउ गरेको हो। 

    गत साता भद्रकाली मन्दिरमा एक किशोरीमाथि कुटपिट गरेपछि प्रहरी उक्त महिलाको खोजिमा थियो। शुक्रबार बिहान बालाजुबाट प्रहरीले कुँवरलाई नियन्त्रणमा लिएको हो। 

    कुँवरले युवतीमाथि कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। कुँवरले युवतीमाथि कुटपिट गर्दा हेरेर बसेका दुई प्रहरीलाई विभागीय कारवाही हुने भएको छ। महानगरीय प्रहरी परिसर टेकुको हिसरातमा राखिएकी कुँवरले आफूलाई प्रहरीले घोर अन्याय गरेको भन्दै आक्रोश पोखेकी छन्। प्रहरीले उनीमाथि अनुसन्धान सुरु भएको बताएको छ।

    शुक्रबार कथित धर्तीमातालाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको थियो। तर, भिडियोमा किशोरीमाथि कुटपिट हुँदा देखिएकी हवल्दार एकाएक काप्न थालिन्। भर्खरै काठमाडौं दरबन्दी भएर आएकी महिला हवल्दार पूजा पाठकका लागि भद्रकाली पुगेका बेला कथित धर्तीमाताले कुँवरलाई देखेकी थिइन्। 

    हवल्दार र कुँवरबीच पहिल्यै चिनजान र भेटघाट हुँदै आएको खुलेको छ। भिडियोमा हवल्दारकै सामु किशोरीमाथि निर्घात कुटपिट हुँदा मुकदर्शक भएर बसेपछि उनलाई विभागीय कारबाही गरिने भएको छ।

    अनुसन्धानका लागि काठमाडौं परिसर झिकाइएकी हवल्दार शुक्रबार एकाएक काप्न थालेपछि प्रहरी चकित पर्यो। लगत्तै ति हवल्दारलाई उनको दरबन्दी भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पुर्याइयो। प्रहरी स्रोतका अनुसार ति हवल्दार मानसिक रुपमा विक्षिप्त छन्। 

    प्रहरी स्रोतका अनुसार ति हवल्दार धर्ममा बढी आस्था राख्छिन्। त्यही आस्थाकै आधारमा उनले कथित मातालाई पटकपटक भेटेको देखिन्छ। शुक्रबार बिहान प्रहरीले मातालाई पक्राउ गरेर ल्याएको देखेपछि आफूलाई देउता चढेको भन्दै ति हवल्दार काप्न थालेकी थिइन्। काप्ने र बरबरराउने गरेपछि तत्कालै परिसरबाट महाराजगञ्ज पठाइएको थियो। 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast