मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    महंगो कलेजबाट अफर आएको छ तर म सरकारी कलेज नै पढ्छु : करिश्मा मानन्धर

    शुक्रबार, १३ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १३ असोज।

    नेपाली चलचित्र क्षेत्रकी व्यस्त हुन् करिश्मा मानन्धर। मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

    बिहीबार सार्वजनिक भएको  एसईई नतिजा अनुसार उनी बी प्लस ल्याएर उत्तीण भइन् । ३ जीपीए ल्याएर उर्तिण भएसँगै खुशी व्यक्त गर्दै करिश्माले स्थापन संकायमा भर्ना भएर कक्षा ११ पढ्ने बताएकी थिइन्।

    नायिका मानन्धर आफू घर नजिकैको सरकारी कलेजमा पढ्ने बताउँछिन्। सरकारी स्कुल र कलेजमा गरिबका छोराछोरी मात्र पढ्छन् भन्ने मानसिकता भएको भन्दै यसलाई चिर्न पनि आफूले सरकारी कलेज रोजेको उनले बताइन्। 

    उनलाई, अध्ययनका लागि गोल्डेन गेटका शिक्षक घरमै भेट्न पनि पुगेका थिए। तर, उनले सरकारी कलेज नै पढ्ने अडान राखेकी छिन्। उनले आफूले व्यवस्थापन नै पढ्ने सोच बनाएको र आफ्नो लागि यही नै ठिक भएको पनि स्पष्ट पारेकी छिन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast