बिहिवार, कार्तिक २८, २०७६
    कला-सौन्दर्य

    सुनिल सेट्टीकी छोरी आथियाको क्रिकेट खेलाडीसँग प्रेम ?

    शुक्रबार, १३ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १३ असार 

    धेरै बलिउड नायिकाको दिल एकपटक क्रिकेटरसँग जोडिएको नै हुन्छ । बलिउड नायिका र क्रिकेटरको प्रेम नयाँ कुरा होइन ।

    अहिले बलिउड नायक सुनिल सेट्टीकी छोरी आथिया सेट्टी पनि एक क्रिकेट खेलाडीसँग प्रेममा रहेको चर्चा सुरु भएको छ । बलिउडमा चलचित्र ‘हिरो’बाट उदाएकी आथिया यसपछि भने खासै जम्न सकेकी छैनन् । उनी, आथिया अहिले क्रिकेटर के एल राहुलसँग डेटमा रमाइरहेको खबर भारतीय मिडियामा प्रकाशित छ ।

    राहुल अहिले विश्वकप क्रिकेट खेलिरहेका छन् । तर, उनीहरु एक अर्कासँग समय बिताइरहेका छन् । यो बर्षको सुरुवातबाट आथिया र राहुल प्रेममा रहेको मिडियामा उल्लेख छ । दुबैजनाको मिल्ने साथीको मार्फत भेटेका यी दुई यसपछि भने प्रेममा रहेको चर्चा बलिउडमा चल्न थालेको छ । तर यो बिषयमा राहुल र आथिया दुबैले प्रतिक्रिया दिएका छैनन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast