शुक्रबार, मंसिर ६, २०७६
    प्रेरक प्रसँग

    डाक्टरले २ वर्षमै मर्ने घोषणा गरेका वैज्ञानिक स्टेफिन हकिङका विश्वप्रसिद्ध भनाईहरु :

    शुक्रबार, १३ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १३ असार । 

    सन् १९४२ जनवरी ८ मा जन्मिएका स्टेफिन हकिङ विश्व प्रसिद्ध वैज्ञानिक हुन्। बेलायतको अक्सफोर्डमा जन्मीएका उनी पढाइमा अब्बल भए पनि असाधारण चाहिँ थिएनन् । 

    उनका पिता फ्याङ्क हकिङ पनि जीवविज्ञानका अन्वेषक थिए। माता इसोबेलले अर्थशास्त्र पढेकी थिइन् । बाल्यकालमा उनको विशेष रुचि बोर्ड गेममा थियो । हकिङ र उनका केही मिल्ने साथीहरूले मिलेर नयाँ गेमको सिर्जना गरेका थिए । किशोरावस्थामै उनले अवधारणात्मक गणितीय समीकरणका लागि साथीभाइसँग मिलेर थोत्रा पार्टबाट कम्प्युटरसमेत बनाएका थिए ।

    १७ वर्षको हुँदा हकिङ अक्सफोर्ड विश्वविद्यालयको युनिभर्सिटी कलेज गए। उनको विशेष रुचि गणितमा थियो । विश्वविद्यालयले उक्त विषयमा डिग्री नदिने भएपछि भौतिकशास्त्र विशेषगरी खगोल विज्ञान पढ्न थाले । कक्षाकोठाको पढाइप्रति हकिङको धेरै रुचि थिएन। विद्यालय जाने उमेरमा दैनिक औसत १ घण्टा पनि पढाइमा ध्यान नदिएको भनेर हकिङ आफैंले हिसाब निकालेका थिए।

    बाल्यकालमा हकिङ स्टेफिनको आमाबाबुको घर उत्तरी बेलायत थियो। तर, दोस्रो विश्वयुद्धको समयमा अक्स्फोर्ड सुरक्षित स्थान मानिएकोले उनीहरु त्यहाँ सरेका थिए। बुबाको पुरानो कलेज, अक्स्फोर्डमा स्टिफन गणित अध्ययन गर्न चाहन्थे, यद्यपि उनको बुबाले उनलाई चिकित्सा शास्त्र पढाउन चाहन्थे। अक्स्फोर्ड विश्वविद्यालयमा गणित उपलब्ध थिएन, त्यसैले उनी गणितको सट्टा भौतिक विज्ञान अध्ययन गर्नतिर लागे । तीन वर्षपछि उनलाई प्राकृतिक विज्ञानमा पहिलो कक्षाको सम्मान डिग्री प्रदान गरिएको थियो ।

    सन् १९७३ मा खगोल विज्ञानको संस्थान छोडेर स्टेफनले विभागको एप्लाइड गणित र सैद्धान्तिक भौतिक विज्ञानमा आए । १९७१ देखि २००९ सम्म गणितको लुकासियन प्रोफेसरको पदमा राखे। कुर्सीको स्थापना १६६३ मा भएको थियो । रेवरेण्ड हेनरी लुकास जसले विश्वविद्यालयका लागि संसदका सदस्य थिए ।

    प्रोफेसर हकिङगले बाह्र विषयमा औपचारिक डिग्री हासिल गरेका थिए । उनलाई १९८१ मा सिबिई प्रदान गरियो, १९८९ मा क्यम्पिओन अफ अनरले सम्मानित गरिएको थियो। उनी धेरै पुरस्कारहरू, पदकहरू र पुरस्कार प्राप्तकर्ता हुन् । उनी रोयल सोसाइटीको फेलो र अमेरिकाको नेसनल अकाडमी अफ साइन्सका सदस्य पनि हुन् ।

    उनले बताएको असाध्यै कष्टकर जिवन :

    सन् १९६३ मा २१ वर्षका  उनलाई अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस लागेको थाहा भयो। त्यति बेला डाक्टरहरूले उनी २ वर्षभन्दा बढी बाँच्दैनन् भन्ने घोषणा नै गरे। त्यतिबेला विद्यावारिधि नै पूरा नगरी हकिङ मर्छन् भन्ने धेरैलाई लागेको थियो ।

    तर, उनले विद्यावारिधिमात्र पूरा गरेनन्, जीवन नै ब्रह्माण्डको अध्ययनमा बिताए। उनको रोग डाक्टरहरूले भनेअनुरूप बढेन । यसले बिस्तारै उनको स्नायु प्रणालीलाई भने क्षीण बनाउँदै गयो। बिस्तारै शरीरका अङ्गहरू चल्न छाडे ।

    सन् १९६३ मा २१ वर्षका  उनलाई अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस लागेको थाहा भयो। त्यति बेला डाक्टरहरूले उनी २ वर्षभन्दा बढी बाँच्दैनन् भन्ने घोषणा नै गरे। त्यतिबेला विद्यावारिधि नै पूरा नगरी हकिङ मर्छन् भन्ने धेरैलाई लागेको थियो ।

    दिमागबाहेक शरीरका कुनै पनि भाग नचल्ने भए र अन्ततः हकिङ ह्विलचेयरमा बाँधिए । उनी ‘भ्वाइस सिन्थोसाइजर’को सहाराले मात्र बोल्न सक्दथे। त्यतिबेलासम्म उनी हिँडडुल गर्न नसके पनि बोल्न त सक्थे । तर, सन् १९८५ मा श्वासनलीको आकस्मिक शल्यक्रियापछि उनको बोली पनि हरायो । त्यसपछि अमेरिकी कम्पनी वड्र्ज प्लसले उनका लागि हातले थिचेर शब्द चयन गर्न सकिने प्रोग्रामको विकास गरिदियो। पछि यो उपकरणलाई स्पिच सिन्थेसाइजरसँग जोडेर हकिङले छानेको शब्द बोलीचालीको भाषामा रूपान्तरण गरियो । आजीवन हकिङले यस्तै उपकरणको सहायताले बोले । 

    हकिङले पारमाणविक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौती थपिरहेको बताउने गरेका थिए। ‘मानव जातिलाई यसबाट जोगाउने एकमात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो’ भन्ने उनको मान्यता थियो । उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं । स्टेफन हकिङ बेलायती भौतिकशास्त्री हुन् । अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयका भौतिक शास्त्री हकिङलाई ब्रह्माण्डको उत्पत्ति र संरचना विषयक अध्ययनबारे दिएको योगदानका लागि सधैं सबैले चिन्नेछन् ।

    बिग ब्याङ थ्योरी, ब्ल्याक होल्स र सापेक्षता हकिङका चर्चित सिद्धान्त हुन्। विज्ञानमा योगदान दिने अल्बर्ट आइन्स्टाइनपछिका ठूला वैज्ञानिक मानिन्छन् हकिङ। आइन्स्टाइनले व्याख्या गर्न नसकेका भौतिक शास्त्रका विभिन्न विषयको व्याख्या हकिङले गरेका छन्। भौतिकशास्त्र र ब्रह्माण्डरखगोल शास्त्रबारे लेखेका पुस्तकहरूले ब्रह्माण्ड र विज्ञानबारे बुझ्न एवं धारणा बनाउन आम मानिसलाई मद्दत गरेको छ । १४ मार्च २०४१ मानव सभ्यताकै अपूर्व दिन रह्यो ।

    पहिलो पटक पृथ्वीवासीले आफ्नो सौर्यमण्डल बाहिरस्थित अर्को सौर्यमण्डल ‘प्रोक्सिमा सेन्टुरी’तर्फ ‘नैनो’ अन्तरीक्ष यान पठाइयो। पृथ्वीबाट झण्डै ४.२५ प्रकाश वर्ष टाढा ‘प्रोक्सिमा सेन्टुरी’ पुग्न यस यानले ४०२०८००००००००० किमीको यात्रा गर्नुपर्ने हुन्थ्यो । यस उडानभन्दा पहिला मानवले सबै ग्रह, उपग्रह र त्योभन्दा पारिको ‘कुपियर क्षेत्र’ र ‘कुपियर क्षेत्र’ पारीको ‘उर्ट बादल क्षेत्र’सम्म यान पठाइसकेका थिए ।

    यहाँसम्म पठाइएका यानको अधिकतम गति ३० किमि प्रतिसेकेण्ड अथवा १०८००० किमि प्रतिघण्टा रहेको थियो । तर, यो ‘नैनो’ अन्तरिक्षयानले गतिमा अभूतपूर्व फड्को हासिल गरेको थियो । यसको गति ६०००० किमि प्रतिसेकेण्ड अथवा २१६०००००० किमि प्रतिघण्टा थियो ।

    यानको एउटा ‘डिस्कमा प्लेटेनियम अक्षरमा’ लेखिएको थियो, ‘यानका परिकल्पनाकार पृथ्वी निवासी फ्रेंक र इसावेलका छोरा, जेन वाइल्ड र इलेने मसुनका पति, लुसी, रोवर्ट र टिमोथीका पिता, कैम्व्रिजका प्रोफेसर एक शिक्षक, वैज्ञानिक र एक अति आत्मविश्वासी व्यक्ति स्टिफन हकिङ ८ जनवरी १९४२–१४ मार्च २०१८ हकिङको सिद्धान्त विद्यावारिधि गरेर हकिङले क्याम्ब्रिजमा अनुसन्धान फेलोको रूपमा काम थाले। सन् १९७४ मा उनी रोयल सोसाइटी अर्थात् विश्वभरका वैज्ञानिकहरूको सभामा सामेल भए। अनि, त्यसको ५ वर्षपछि उनी क्याम्ब्रिजमा गणितका ‘लुकासियन प्रोफेशर’ नियुक्त भए। यस क्रममा उनले ब्रह्माण्डसम्बन्धी आधारभूत नियमहरू पढे।

    अनि, जसरी ब्रह्माण्ड बिग ब्याङका साथ शुरू भयो, त्यसरी नै अन्त्य हुन्छ भन्ने प्रस्ताव पनि गरे। फेलो ब्रह्माण्डशास्त्री रोजर पेनरोजसँग मिलेर हकिङले अल्बर्ट आइन्सटाइनको ‘सामान्य सापेक्षताको सिद्धान्तबारे नयाँ प्रयोग गरे।

    यसपछि उनले ब्ल्याक होलबारे अनुसन्धान गरे। यही क्रममा उनले अन्तरिक्ष र समय ब्रह्माण्डको जन्मसँगै शुरू भएको र ब्ल्याक होल अन्तमा विलीन हुने निष्कर्ष निकाले। यसको अर्थ आइन्सटाइनको सापेक्षता सिद्धान्त र क्वाण्टम सिद्धान्त जोडिनैपर्छ भन्ने थियो।

    सापेक्षताको सिद्धान्तले गुरुत्वाकर्षण र ब्रह्माण्डमा हुने ठूला घटनाचक्रको व्याख्या गर्छ। क्वाण्टम सिद्धान्तले चाहिँ उपपरमाणुले कसरी काम गर्छ भन्ने व्याख्या गर्छ। ब्रह्माण्डको व्याख्यामा यी दुवै सिद्धान्तलाई जोड्ने उनी पहिलो वैज्ञानिक हुन्। यस क्रममा हकिङले ब्ल्याक होल पूर्णतः शान्त हुँदैन, बरू यसले विकिरण प्रवाह गर्छ भन्ने पत्ता लगाए। हकिङकै नाममा यस विकिरणको नाम पनि ‘हकिङ रे’ राखियो।बिग ब्याङपछि प्रोटोनभन्दा सूक्ष्म ब्ल्याक होल सृजना भयो भन्ने प्रक्षेपण पनि उनले गरे। तर, सन् २०१४ मा भने उनले यो सिद्धान्तको संशोधन गरे।

    स्वीडेनमा आयोजित एक सम्मेलनमा उनले पहिले दिँदै आएको अभिव्यक्तिलाई उल्ट्याएर यसअघि खगोलशास्त्रीहरूले परम्परागत ढङ्गले सोच्ने गरेजस्तो ब्ल्याक होल नै नभएको बताए। उनले ‘इभेण्ट होरिजन’को अस्तित्व हटाए र ‘अपारेण्ट होरिजन’ प्रस्ताव गरे। ब्ल्याक होलमा सबै चीज विलय नहुने बरू ब्ल्याक होल विष्फोट हुँदा पहिला यसभित्र छिरेका सबै वस्तुहरू बाहिर आउने बताए। यद्यपि, उनको यो सिद्धान्त अझै पनि विवादास्पद नै छ। उनले पृथ्वीको सीमा नभएजस्तै गरी ब्रह्माण्डको सीमा नभएको बताए। हाम्रो ग्रह निश्चित भए पनि ब्रह्माण्डमार्फत् यसको वरिपरि अनन्त रूपले यात्रा गर्न सकिने र अन्त्य भन्ने शब्द नै नभएको बताए।


    महान वैज्ञानिक स्टेफिन हकिङका विश्व प्रसिद्ध भनाइहरुः


    -चाहे जिवन जतिसुकै मुस्किल लागोस्, त्यसले तपाईंलाई अगाडि बढ्न र सफलता प्राप्त गर्न उर्जा दिन्छ ।

    -जीवन साहै दुखद हुने छ, यदि हामीले हाँसो ठट्टा गरेनौं भने।
     

    -जो मान्छे आफ्नो बुद्धिको विषयमा दावी गर्छ, उनीहरु हारेका व्यक्ति हुन्।

    -कार्यले तपाईंको उद्धेश्य र लक्ष्य बताइदिने छ,र यसबीना जिवन शुन्य छ। 
     

    -कुरा सधैं तारालाई हेर्नुहोस्, न कि मुनीको पैतलालाई। जे देख्नुहुन्छ त्यसप्रति जिज्ञासा राख्नुहोस्, उत्सुक रहनुहोस् ।

    -विज्ञान केवल तर्कको अनुयायी होइन, रोमान्स र उत्साह पनि हो।
     

    -हामी आफ्नो लोभ र मुर्खताका कारण स्वयंलाई नष्ट गर्ने खतरा मोलिरहेका छौं ।
     

    -हामी एक औसत ताराको सानो ग्रहमा बस्ने बाँदरको एक उन्नत नस्ल हौँ। तर, हामी ब्रम्हाण्डलाई सम्झन सक्छौं । यसले हामीलाई खास बनाएको छ।
     

    -चाहान्छु कि न्युक्यिर फ्युजन एक व्यवहारीक उर्जाको स्रोत बनास् । यसले प्रदुष वा ग्लोबल वार्मिङबीना नै उर्जाको अटुट आपूर्ति प्रदान गरोस् ।

    -म केवल एक बच्चा हुँ, जो कहिल्यै ठूलो हुँदैन् । म अहिले पनि कसरी र किन भन्ने प्रश्न गरिरहेको हुन्छु ।

     

    -यति धेरै छ कि, म गर्न चाहान्छु । मलाई समय बर्वाद गर्न घृणा लाग्छ ।
    केहि पनि छैन, जो सधैं रहन सक्दैन ।


    -म राम्रो विद्यार्थी थिइन । म कलेजमा धेरै समय विताउँदिन थिए । म स्वंयम आफूमै रमाउन व्यस्त थिए।


    -यदि तपाइसँग कसैले गुनासो गर्छ, कि तपाईंले कुनै गल्ती गर्नु भयो, उसलाई भन्नुहोस् कि यो राम्रो भयो । किनभने बीना गल्ती वा त्रुटी न तपाई न म यस धर्तिमा रहन सक्दैनौं ।


    -मैले ध्यान दिएको छु कि, जो व्यक्ति जुन कुरामा पहिला नै निर्धारित गर्ने दावी गर्छ कि हामीले त्यसलाई बदल्नका लागि केहि गर्न सक्दैनौँ । उसलाई बाटो पार गर्नु अघि राम्ररी देखाउनु पर्छ ।


    -तपाईं विकलाङ्ग हो वा अपाङ्ग, त्यो तपाईंको कुनै गल्ती होइन । साथै यसका लागि दुनियालाई दोष दिनु र ईश्वरसँग दयाको अपेक्षा गर्नु सहि होइन । बस् तपाईभित्र सकारात्मक उर्जा र विचार हुनुपर्छ ।

    -यदि कुनै मानिस शारीरिक रुपल अपाङ्ग छ भने उनीहरु आफ्नो मनबाट अपाङ्ग वा विकालाङ्ग हुनु हुँदैन । मेरो विचारमा उनीहरुले यस्तो गतिविधिमा ध्यान दिनुपर्छ, जसले एक शारीरिक विकलाङ्ग व्यक्तिलाई थप घाटा नपुर्याओस् ।

    -स्कुलमा म आफ्नो कक्षामा राम्ररी पढाई गर्न सक्दिनथे । त्यो एकदमै राम्रो कक्षा थियो। मेरो कक्षकार्य एकदमै नराम्रो हुन्थ्यो । मेरो लेखाईले शिक्षकलाई निराश तुल्याउँथ्यो । तर, मेरा सहपाठीहरुले मलाई आइस्टाइन नामले बोलाउँथे, त्यो सायद उत्कृष्ट संकेत थियो ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast