बुधबार, असोज १, २०७६
    ओएमजी Omg!

    उपत्यकामा ‘सूई आतंक’ मचाउनेको यस्तो बयान

    शुक्रबार, १३ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १३ असार । 
    महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट उपत्यकामा ‘सूई आतंक’ मचाउने व्यक्तिलाई पक्राउ गरेको छ । रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्कीलाई प्रहरीले विभिन्न यूवतीहरुलाई जथाभावी सूई घोच्दै हिडेको आरोपमा पक्राउ गरेको हो।

    उनले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ। उनले रमाइलोका लागि त्यस्तो गरेको बयान दिएका छन्।

    उनी ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति हुन्। प्रहरीले दिउासो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको समाचार कान्तिपुरमा छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast