आईतवार, मंसिर २२, २०७६
    स्वास्थ्य

    साधना हेल्थ एण्ड ब्युटी म्यागेजिन अब लार्ज प्रिन्टमा

    बिहिवार, १२ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १२ असार ।

    २७ वर्षदेखि नियमितरुपमा प्रकाशन भइरहेको साधना हेल्थ एण्ड ब्युटी म्यागेजिन २०७६ असारको अंकदेखि लार्ज प्रिन्टमा आएको छ। कामना न्युज पब्लिकेसन्स्बाट नियमित प्रकाशन भइरहेको उक्त म्यागेजिन असारको अंकदेखि परिमार्जित भइ विशेष साजसज्जासहित नयाँ स्वरुपमा आएको हो ।

    साधना हेल्थ एण्ड ब्युटी म्यागेजिनका पाठकहरु १४ वर्षका किशोर–किशोरीदेखि ८० वर्षसम्मका वरिष्ठ नागरिकसमेत रहेको बजार सर्वेक्षणले देखाएको छ। साधना म्यागेजिनलाई अझ पाठक–मैत्री बनाउने उद्देश्यले यस अंकदेखि लार्ज प्रिन्टमा प्रकाशन गर्न थालिएको छ । यो लार्ज प्रिन्टको कन्सेप्ट नेपालकै पहिलो प्रयास हो ।

    स्वास्थ्यसम्बन्धी म्यागेजिन पढ्दा आँखामा कुनै प्रकारको दबाब नपरोस् र तनाव उत्पन्न भई टाउकोसमेत नदुखोस् भन्ने उद्देश्यले ठूलो साइजका अक्षर प्रयोग गरिएको प्रकाशकले जनाएको छ। सानो फन्टको तुलनामा ठूला फन्ट भएका पाठ्य सामग्री पढ्दा आँखाको थकान कम भई पढ्न सहज हुने अपेक्षा प्रकाशकले लिएको छ।

    साधनालाई झन् पाठक–मैत्री बनाउने उद्देश्यले प्रयोग गरिएको ठूला फन्टका कारण पृष्ठसंख्या वृद्धि हुने भए पनि पाठकहरुको सुविधाका लागि साधनाको मूल्यमा भने परिवर्तन गरिएको छैन । हरेक महिनाको १५ गते प्रकाशन गरिने यस साधना हेल्थ एन्ड ब्युटी म्यागेजिनले तपाईं र तपाईंको परिवारलाई स्वस्थ रहन मद्दत गर्नेछ भन्ने विश्वास लिएको कामना न्युज पब्लिकेसन्स्ले जनाएको छ।
     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast