बुधबार, असोज १, २०७६
    प्रेरक प्रसँग

    को हुन् एडोल्फ हिटलर ? यसकारण मोडियो उनको पादरी बन्ने सपना

    बिहिवार, १२ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १२ असार

    एडोल्फ हिटलर  मारिया अन्ना र उनको साथीको अवैध सन्तान थिए । उनको जन्म सन् १८३७ मा भएको थियो  । एडोल्फ हिटलरका हजुरबाबु यहूदी थिए । फ्रान्केनबर्गर नामका धनी यहूदी परिवारमा मारिया खाना पकाउने काम गर्थिन । 

    हिटलरका बाबु पाँच वर्षका हुँदा उनकी आमाले अर्कोसँग विवाह गरिन् । जसको नाम जोहन गर्ग हिडलर थियो । विवाह गरेको पाँच वर्षपछि मारियाको मृत्यु भयो । त्यही बेलादेखि नै एलोइस आफ्ना काकासँग सानो कृषि फार्ममा बस्न थालेका थिए । कृषि फार्मबाट वाक्क भएर एलोइस १३ वर्षको उमेरमा नै केही गर्न भनेर भियना गए । त्यहाँ गएर उनले जुत्ता बनाउने पसलमा अति नै थोरै पैसामा काम गर्न थाले । पछि, अष्ट्रियन नागरिक सेवामा भर्ना भए । त्यही उनी सहायक भन्सार कर्मचारी भए । उनले अत्यन्तै मेहनत गरे, राम्रो काम गरेर देखाइ दिए । जसको फलस्वरुप उनी “सुपरिवेक्षक” सम्म बने ।

    सन् १८७५ सम्ममा, आफ्नो कडा मेहनतले उनी ‘वरिष्ठ सहायक निरीक्षक’ भए । एउटा गरीब किसान केटोबाट त्यस पदसम्म उनले जीवनमा ठूलो फड्को मारे । त्यो बेला एउटा घटना घट्यो जुन भविष्यको निम्ति ठूलो संकेत हुनपुग्यो । एलोइस आफ्नो नामको पछाडि आमाको नामसँग जोडिएको स्चीकग्रुबर राख्ने गर्थे । तर नागरिक सेवामा उनले प्राप्त गरेको सफलतापछि उनका काकाले आफ्नो  थर हिडलर नै लेख्न एलोइसलाई राजी बनाए । 

    एलोइसले पनि आफ्नो पारिवारिक नामलाई नै निरन्तरता दिए । जब अभिलेख किताबमा नाम दर्ता गराइयो तब उनको नाम एलोइस हिटलर हुन पुग्यो, भुलबस । यसरी सन् १८७६ मा ३९ वर्षको उमेरमा एलोइस स्चीकग्रुबर एलोइस हिटलर बन्न पुगे । सन् १८८९ अप्रिल २० का दिन एडोल्फ हिटलर जन्मेका थिए । जर्मनीको सीमा छेउ अस्ट्रियाको सानो गाउँ ब्राउनाउमा उनको जन्म भएको थियो । 

    हिटलरको परिवार सहज जीवनको खोजीमा फेरि अर्को ठाउँमा स¥यो । त्यसपछि लगत्तै हिटलर ६ महिनासम्म बेनेडिक्टको धार्मिक आश्रममा बसे । जहाँ धार्मिक व्यक्तिहरु मात्र बस्थे । त्यस आश्रममा बस्ने सन्तहरुले लगाउने कोटको बाहुलामा एउटा चिन्ह अंकित हुन्थ्यो । त्यस चिन्हलाई स्वस्तिका भनिन्थ्यो । सानोमा एडोल्फको सपना धार्मिक पण्डित हुने थियो । बाल्यकालभरि एडोल्फ हिटलरलाई उनका बाबुले पिटे । यो विषयमा एक व्यक्तिले भनेका थिए, ‘अनुशासनको लागि यसो गरिएको थियो तर यो राम्रो तरिका थिएन ।’ 

    एलोइस आफू जस्तै अरु पनि आज्ञाकारी हुन् भन्ने आशा गर्थे । उनी आफ्ना छोरा–छोरीलाई अह्राउने गर्थे र सो अनुसारको कामको पनि आशा गर्दथे । प्राइमरी स्कुलमा हिटलरले अति राम्रो गरे र अति नै राम्रो शैक्षिक भविष्य देखाए । उनको अगाडि उज्ज्वल भविष्य देखिन्थ्यो । उनी आफ्ना अन्य सहपाठी माझ लोकप्रिय थिए र आफूभन्दा ठूलाबाट प्रशंसित हुन्थे । सबैभन्दा ठूलो कुरा त आफ्नो “नेतृत्व क्षमता” को विलक्षण प्रतिभा उनमा देखियो । उनी अति धार्मिक प्रवृत्तिका बच्चा थिए । उनले आफू सन्त बन्ने कुरा पनि सोचे । 

    त्यही बेला हिटलर परिवार अस्ट्रियाको एक शहर “लामवेक” मा सरे । त्यो ठाउँ लिन्ज र सजबर्गको बीचमा पथ्र्यो । हिटलरलाई यसरी सर्नुको अर्थ थियो, खेतको कामबाट मुक्ति पाउनु र खेल्न धेरै समय पाउनु । त्यहाँ पनि हिटलर स्कुल जान थाले र स्कुलमा उनले राम्रो गरे । उनी एक धार्मिक स्कुलमा भर्ना भएका थिए । उनले त्यहाँ गीत गाउने केटाहरुको कोरसमा भाग लिए । उनी गीत राम्रो गाउँथे, भनिन्छ उनको राम्रो स्वर थियो । वर्षौंपछि हिटलरले भनेका थिए, ‘कुनै चाड, उत्सव र क्याथोलिक समारोहहरुमा उनी अति नै उत्साही र खुशी हुन्थे र पछि उनमा त्यसको गम्भीर असर प¥यो ।’

    हिटलरको परिवारले अचानक एक वियोगको सामना गर्नुप¥यो । उनका भाइ एडमण्डको ६ वर्षको उमेरमा दादुराको कारण मृत्यु भयो । बच्चा एडोल्फ जो युद्धसम्बन्धी खेल खेल्न रुचाउँथे र काल्पनिक मृत्युको खेल खेल्थे । तर यसरी पहिलोपल्ट वास्तविक मृत्यु देखे । यसले एडोल्फमा गम्भीर असर प¥यो । उनको मृतक भाइलाई घर नजिकै चिहान बनाएर राखियो । एडोल्फ सुत्ने कोठाको झ्यालबाट यो चिहान देखिन्थ्यो । वर्षौं पछाडि पनि कहिलेकाहीं एडोल्फ हिटलर राति चिहानमाथि बसेर आकाशमाथि हेरेर घण्टौंसम्म टोलाइरहेका हुन्थे । कहिले भने झ्यालमा बसेर चिहानतिर हेरेर टोलाइरहेका हुन्थे । एलोइस जो हिटलर जन्मदा ५२ वर्षका थिए । 

    उनी आफ्ना छोराले राम्रो काम गरुन् भन्ने कुरामा अति उत्सुक थिए । एलोइस अति कडा बाबु थिए । उनी आफ्ना छोरोले भनेको नमानेमा निर्दयतापूर्वक पिट्थे । एलोइस जुनियर जब १३ वर्ष पुगे, उनी आफ्ना बाबुप्रति असन्तुष्ट भए । उनलाई बाबुले गाली गर्थे र पिट्थे पनि । एक वर्षपछि उनी १४ वर्षका भए, अब उनी आफू बाँच्न सक्ने भए र घरबाट भागे । 

    उनका बाबुले उनलाई कहिल्यै भेट्टाएनन् । त्यो बेला एडोल्फ मात्र ७ वर्षका थिए । उनका बाबुले एडोल्फलाई पनि त्यही व्यवहार दोहो¥याए । सन् १९०० सम्ममा हिटलरमा एक कलाकारको गुण देखियो । उनले युनिभर्सिटीको तयारी राम्ररी गरे । उनी त्यसको लागि योग्य पनि भए । हिटलर रिलसुलमा भर्ना हुने उनको बाबुको निर्णयमा सहमत भए । उनका साथी कुविजेकको भनाइ अनुसार जर्मन संगीतकार रिचार्ड बाग्नरले प्रस्तुत गरेको गीत ‘रिन्जी’ हेरे पश्चात हिटलरले दुष्टात्माले प्रभाव पारेको जस्तो व्यवहार देखाउन थाले । हिटलरले आफ्नो साथीलाई भिरालो पहाडको चुचुरोमा पु¥याए र आफ्नो “ग्रेट मिशन” को बारे अनौठो स्वरमा कुरा गरे जुन मिशन थियो, मानिसलाई स्वतन्त्रता दिनु । ठीक त्यस्तै, उनले ओपेरामा देखेका थिए ।

    हिटलरले पहिलो ओपेरा १२ वर्षको हुँदा हेरेका थिए । उनको अर्को महत्वपूर्ण चाख देखियो, त्यो समयमा, त्यो हो जर्मन राष्ट्रवाद । उनी अष्ट्रियन राजतन्त्रको विरुद्धमा थिए । एडोल्फ हिटलर र उनका साथीहरुले जर्मन अभिवादन हेल  भन्न रचाउँथे । र जर्मन राष्ट्रिय गीत “डचल्याण्ड उबर एलेस” गाउँथे । तर हिटलरका बाबुले अष्ट्रियन साम्राज्यवादीको सेवा गरेका थिए र हेपवर्ग राजतन्त्रप्रति बफादार थिए । शायद उनी अन्जानमै आफ्नो विद्रोही छोराको बफादारिता “जर्मन केसर” प्रति अर्पण गर्न प्रोत्साहित गरिरहेका थिए ।

    हिटलरलाई लाटोकोसेरो पनि भनिन्थ्यो । उनी राती अबेरसम्म पनि सुत्दैन थिए । उनी राती घरबाहिर निस्किएर हिंड्थे । जब हिटलर अठार वर्षका भए, उनले आफ्नो बाबुको सम्पत्ति प्राप्त गरे ।

    त्यो पैसाले हिटलर “कला” पढ्न भियना गए हिटलरले एकेडेमिज स्कुल अफ पेन्टिङ्गमा दुई दिनको प्रवेश परीक्षा दिए । अति नै आत्मविश्वासका साथ रिजल्टको प्रतीक्षा गर्न थाले । उनी स्कुलमा प्रवेश पाउने कुरामा ढुक्क थिए । तर उनी प्रवेश परीक्षामा फेल भए । बिजुली चम्केजस्तो महसुस गरे उनले । उनले बनाएको पेन्टिङबाट जजहरु सन्तुष्ट भएनन् । त्यसकारण उनी फेल भए । यसले हिटलरलाई अति नै असर प¥यो । उनी कसरी फेल भए भन्ने कुराको स्पष्टीकरणको लागि एकेडेमी गए । त्यहाँ उनको पेन्टिङमा धेरै कमी कमजोरी भएको र खास गरेर मानव पक्षको कमी रहेको कुरा भनियो । जे भएता पनि हिटलरमा आर्किटेक्टको क्षेत्रमा केही क्षमता थियो ।

    उनी एक्लै बस्न थाले । एक ठाउँबाट अर्को ठाउँमा सर्थे । उनको पैसा बिस्तारै सकिदै गयो । उनको जीवनस्तर विस्तारै खस्कँदै गयो । पैसा सकिंदै गर्दा पनि उनले कुनै काम गर्ने उपक्रम गरेनन् । उनले अन्ततः आफ्नो सबै कुरा सके र भीख माग्न थाले । राती सडक र गल्लीमा राखिएको बेन्चमा सुत्थे । उनी फोहोरी, दुर्गन्धित भए र फाटेका लुगा लगाउँथे । सन् १९०९ डिसेम्बरतिर त उनको हालत झन् नाजुक थियो । यहूदी परोपकारीहरुद्वारा संचालित गृहहरुमा दिन बिताउन थाले । यो त्यो समय थियो जब हिटलरमा विस्तारै यहूदीहरुप्रति नराम्रो भावना विकसित हुँदै गयो । जसले पछि उग्र रुप लिएको थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast