मंगलवार, श्रावन ७, २०७६
    ओएमजी Omg!

    महिलाको आवाज सुन्ने र पुरुषको आवाज नसुन्ने विचित्रकी महिला

    बिहिवार, १२ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १२ असार ।

    हाम्रो वरिपरी हामीले अनेक प्रकृतिका मानिसहरु देख्छौं। सबैमा भिन्न खालको शारिरीक क्षमता तथा समस्था देखिन्छन्। 

    यो संसारमा एक जना यस्ति महिला छिन्, जसले महिलाको आवाज सुन्न सक्छिन् भने पुरुष्को आवाज सुन्न सक्दिनन्। सुन्दै अचम्म लाग्ने यी महिलाको यस्तो समस्या छ कि त्यस्तो समस्या भएकी सायद उनी दुनियाँकै एकमात्र महिला हुन सक्छिन्।

    अन्तराष्ट्रिय समाचार अनुसार ती महिलाले पुरुषको आवाज सुन्न सक्दिनन् । चेन नामकी महिला यस्तो अनौठो रोगसँग संघर्ष गरिरहेकी छन् । उनले केवल महिलाको मात्र आवाज सुन्न सक्छिन् ।

    चेनी पहिले सामान्य नै थिइन् । तर, एकदिन रातको समयमा उनको कानमा घण्टी बजेझैँ भयो । केही बेरपछि उनलाई बान्ता पनि हुन थाल्यो । त्यसपछि उनको कानले सुन्न छाड्यो । 

    यसरी कानले न्यून आवृत्तिको आवाज सुन्न नसक्ने समस्यालाई reverse-slope hearing loss भनिने डाक्टर बताउँछन्। ती युवती आफ्नो ब्वायफ्रेण्डको आवाज सुन्न छाडेपछि त्यो समस्या लिएर अस्पतालमा पुगेकी थिइन् ।

    वास्तवमा पुरुषको आवाज न्यून फ्रिक्वेन्सीको हुने हुनाले उनले सुन्न सक्दिनन् । महिलाको आवाज चाहीँ पुरुषको भन्दा उच्च फ्रिक्वेन्सीको हुने भएको हुँदा उनले सुन्ने गर्दछिन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast