मंगलवार, श्रावन ७, २०७६
    लाइफस्टाइल

    के तपाईं अनुहारमा दाग आएर चिन्तित हुनुहुन्छ ? यस्तो छ हटाउने सजिलो उपाय

    बिहिवार, १२ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १२ असार

    "नारी अनि सौन्दर्य, सुनमा सुगन्ध” भने जस्तै हो । सबै मानिसलाई राम्रो आकर्षक बन्ने चाहना हुन्छ । आफ्नो अनुहार मुलायम, दागरहित, चाउरीरहित र चम्किलो होस् भन्ने चाहना राख्नु स्वाभाविक हो । अनुहार चम्काउन सौन्दर्यका साधनमा मानिसहरु हजरौ खर्च गर्ने गर्छन । तर, बिना साइड इफेक्ट घरमै सहजै पाईने तरिकाबाट पनि अनुहार चम्कउन सकिन्छ । कसरी भन्ने कुराको ज्ञान तपाई हामी सबैलाई नहुन सक्छ । यस्ता केहि उपाय बारे आज हार्मी चर्चा गर्दै छौ ।

    - दुइ चम्चा बेसनमा आधा चम्चा बेसार् मिलाउने । त्यस्लाइ १० थोपा गुलावजल् र कागतिको रसले लेदो बनाउने । सो लेदोमा काचो दुध् घोलेर पातलो लेप बनाउने र आनुहारमा लगाउने  । करिब २० मिनेट पछि आनुहार पखल्ने । हप्तामा १ पटक् यो तरिका आपनाउदा आनुहारमा चमक आउछ ।

    - अनुहारको छाला सफा र गोरो बनाउनको लागि मुसुरोको दाललाई मोटो धूलो सुख्खा पाउडरजस्तो बनाई डब्बामा राख्ने, यही मुसुरोेको दालको पाउडरले अनुहार धुने गर्नुहोस् ।

    – चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने गरेमा यसले एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला कसिलो बनाउने गर्दछ ।

    – अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने टमाटरलाई लेदो बनाई पूरै अनुहारमा लगाउनुहोस् र २० मिनेटपछि पानीले अनुहार सफा गर्नुहोस् । यसो गर्नाले चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ ।

    – महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुख्खा छ भने सधैं राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २०मिनेटपछि सफा गर्दा फाइदा पुग्छ ।महले छाला मुलायम एवं चम्किलो बनाउँछ ।

    – आँखा वरिपरि कालो घेरा छ भने आलुलाई कोरेसोमा कोर्ने र आँखामाथिबाट कोरेको आलु १५ मिनेटसम्म राखेर नियमित रूपमा सफा गरे कालो घेरा समाप्त हुन्छ ।

    – मेवाको लेप लगातार केही महिना लगाउने हो भने छालाको सबै दाग हराउँछ ।

    – अनुहारको छालाको सौन्दर्य वृद्धिमा कागतीको महत्वपूर्ण भूमिका हुुन्छ । कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ । छाला सुख्खा छ भने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाउनुपर्छ ।

     – दही छाला र केश दुवैका लागि अत्यन्त लाभकारी छ । सुख्खा, सामान्य र तैलीय छालाका लागि दही गुणकारी मानिन्छ । दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुख्खा र सामान्य छाला सधैं चम्किलो देखिन्छ ।

    छाला चिल्लो छ भने दुई चम्चा दही लिने र त्यसमा एक चुटकी बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर पूरा अनुहारमा लगाउने र सुकेपछि चिसो पानीले अनुहार धुने, छाला गोरो, बेदाग र चम्किलो देखिन्छ ।

    – सुख्खा छालामा केरालाई दूधमा मिसाई बनाइएको लेप लगाउने र २० मिनेटपछि सफा गर्ने । यो उपाय केही महिना नियमित अवलम्वन गरे छालामा एक प्रकारको चमक आउँछ र छाला छिट्टै चाउरी पर्दैन ।

    – बेलुका आधा कप दूधमा २/३ दाना बदाम भिजाएर राख्ने र बिहान मसिनो पेस्ट बनाई सुख्खा छाला भएकाहरूले पूरा अनुहारमा लगाई २० मिनेटपछि सफा गर्ने । यो लेप सुख्खा छालाका लागि अत्यन्तै गुणकारी मानिन्छ । यसबाट छाला मुलायम एवं चम्किलो देखिन्छ भने छाला चाउरी पर्नबाट पनि जोगिन्छ ।

    – जौको पीठो दूधमा मिसाएर लेप बनाई अनुहारमा लगाएर १०\१५ मिनेटपछि सफा गर्दा चायाँ वा पोतो पूर्णरूपमा हटेर जान्छ अनि छाला कसिलो, मुलायम एवं चम्किलो देखिन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast