मंगलवार, श्रावन ७, २०७६
    लाइफस्टाइल

    'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली

    बुधबार, ११ आषाढ २०७६, आहाखबर

    एजेन्सी, ११ असार

    उरुग्वेका पूर्व राष्ट्रपति हाेजे मुहिकालाई विश्वकै गरिब राष्ट्रपति पनि भनिन्छ । यसकाे एउटामात्र कारण हाे- उनकाे अत्यन्त साधारण जीवनशैली ।
     
    कतिसम्म भने राजनीतिबाट रिटायर हुँदा उनले पेन्सन पनि लिन अस्वीकार गरिदिए । राष्ट्रपतिकाे कार्यकाल सकिएपछि उनी सन् २०१५ देखि उरुग्वेकाे सांसद् पनि थिए। तर, उनले अाफ्नाे कार्यकाल सकिनु अगाडि नै मंगलबार राजिनामा दिए ।

    अहिले उरुग्वेकी उपराष्ट्रपति उनकै पत्नी लुसिया ताेपाेलांस्की छिन्, लुसियालाई नै मुहिकाले राजिनामा बुझाएका थिए । वामपन्थी विचारधाराका मुहिकाले राजिनामामा लेखेका छन्- अब पनि जहिलेसम्म मेराे दिमागले काम गरिरहन्छ म एकता तथा विचारकाे युद्धबाट कहिल्यै राजिनामा दिन सक्दिनँ । सिधा कुरा गर्ने र कहिलेकांही रचनात्मक भाषामा अाफ्ना कुरा राख्ने स्वभावका कारण मुहिका उरुग्वेमा प्रिय छन् ।

    उनले राजिनामामा लेखेका थिए- जाे काेहीलाई मैले दु:ख पुर्याएकाे भए म माफी चाहन्छु । सन् २०१३ मा उनले अर्जेन्टिनाका तत्कालीन राष्ट्रपतिसँग माफी माग्नु परेकाे थियाे । उनले अर्जेन्टिनाकी राष्ट्रपति क्रिस्टिनालाई 'बुढी बाेक्सी' भनेका थिए । माइक्राेफाेन छैन भनेर एउटा कन्फ्रेन्समा उनले यसाे भनेका थिए । तर, त्यहाँ माइक्राेफाेन अन रहेछ । यसले उनलाई निकै समस्यामा पारेकाे थियाे ।  

    साधारण जीवनशैली
    राष्ट्रपति हुँदा मुहिकाले विशाल राष्ट्रपति भवनमा बस्न इन्कार गरिदिए । त्यतिबेला देखि नै उनी पत्नीसँग एउटा फार्म हाउसमा बस्दै अाएका छन् । राष्ट्रपति हुँदा उनले अाफ्नाे सबै तलब दान गरेका थिए । सन् २०१० मा राष्ट्रपति हुँदा उनीसँग सम्पत्ति भनेकाे एउटा सानाे कार मात्र थियाे ।

    सन् २०१४ मा याे कार निकै प्रसिद्ध भयाे । र त्यसलाई एकजनाले १० लाख डलरमा खरिद गर्ने प्रस्ताव गरे । तर, मुहिकाले त्याे प्रस्ताव अस्वीकार गरिदिए । मंगलबार मुहिकाले अचानक राजिनामा गरेका पनि हाेइनन् । उनले यसअघि नै अाफूले राजिनामा दिने बताएका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast