सोमबार, कार्तिक २५, २०७६
    स्वास्थ्य

    रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन

    बुधबार, ११ आषाढ २०७६, आहाखबर
    (सांकेतिक तस्बिर)
    बर्दिवास, ११ असार
     
    महोत्तरीको बर्दिवासमा आज रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालनमा आएको छ । बर्दिवास—३ गौरीडाँडामा नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखाले सञ्चालन गर्ने केन्द्रको भवन बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रल्हाद क्षेत्रीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । 
     
    बर्दिवास उद्योग वाणिज्य सङ्घको अगुवाइमा नवनिर्मित भवनमा छ कोठा छन् । विभिन्न दाताबाट प्राप्त रकमले निर्माण भएको छकोठे पक्की भवन निर्माणमा रु ६४ लाख दुई हजार ४७४ खर्च भएको उद्घाटन समारोहमा भवन निर्माण समितिका कोषाध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।
     
    उद्घाटन समारोहमा महोत्तरी—१ ‘क’ बाट प्रदेशसभा सदस्य शारदा थापा, रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्र र बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रल्हाद क्षेत्रीले केन्द्रलाई सुविधा सम्पन्न बनाउन थप पहलकदमी लिने प्रतिबद्धता जनाउनुभयो । 
     
    उद्घाटन समारोह रेडक्रस बर्दिवास उपशाखाका सभापति वाणिकराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast