आईतवार, असोज ५, २०७६
    ओएमजी Omg!

    बजेट पेश गर्दागर्दै नगर सभामै ढलिन उपमेयर

    बुधबार, ११ आषाढ २०७६, आहाखबर

    इलाम, ११ असार।

    इलामको सुर्योदय नगरपालीकाकी उपप्रमुख दुर्गादेवी भट्टराई बजेट पेश गर्दागर्दै बेहोस भएर ढलिन् ।

    मङ्गलबार नगरसभामा बजेट पेश गर्ने क्रमभमा ढलेकी उपमेयर भट्टराईको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। बजेट पेश गर्ने क्रममा उपप्रमूख भट्टराई नगरसभामै लडेपछि उपचारका लागि नगरपालिकाकै फिक्कल हस्पिटलमा उपचारका लागि पुर्याइएको थियो।

    लामो समय व्यस्त रहेर काम गरेर खानपानमा ध्यान नदिएका कारण उनको स्वास्थ्य अवस्था कमजोर हुँदा समस्या भएको उपचारमा संलग्न चिकित्सकले बताए।

    भट्टराईको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आरामका लागि अहिले घर फर्किएकी नगर कार्यापालिका सदस्य ललितदेवी नेपालले जानकारी दिइन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि आज (बुधबार)सम्म नगरसभासमेत स्थगित गरिएको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast