मंगलवार, श्रावन ७, २०७६
    यातायात

    विद्यार्थी स्कुल जाँदै गरेकाे ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, ४ घाइते

    बुधबार, ११ आषाढ २०७६, आहाखबर

    अछाम, ११ असार

    चौरपाटी गाउँपालिका वडा नं ३ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ । से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु र चार जना घाईते भएका छन् ।

    मृत्यु हुनेमा चौरपाटी गाउँपालिका वडा नं २ का दशपल्ले माविवाट यस वर्ष एसई परिक्षा दिएका रमेश साउद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत कालि साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर वोगटीले जानकारी दिनुभयो ।

    ट्याक्टर चालक ज्ञानेन्द्र चौधरीले भने हाम फालेर ज्यान जोगाएका छन् । अन्य ४ घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast