आईतवार, असोज ५, २०७६
    ओएमजी Omg!

    यी ६ राशी भएका मानिस झुट बोल्न माहिर हुन्छन्, धेरैलाई दिन्छन् धोका !

    सोमबार, ९ आषाढ २०७६, आहाखबर

    एजेन्सी, ९ असार । 

    प्रत्येक व्यक्तिको व्यक्तित्वमाथि उसको राशीको धेरै प्रभाव परेको हुन्छ। यसैका आधारमा व्यक्तिको स्वभाव पनि निर्भर हुन्छ ।  आज हामी तपाइँलाई यस्ता ६ राशीका बारेमा जानकारी दिँदैछौं जो झुठो बोल्न सबैभन्दा माहिर हुन्छन् ।

     

    वृष राशी :

    वृष राशीका मानिसहरु आफ्नो कुरामा अरुलाई विश्वास दिलाउन झुटको सहारा लिन्छन् । उनीहरु यति विश्वस्त भएर झुट बोल्छन् की सुन्ने मानिसलाई सत्य लाग्छ । उनीहरुको कुरामा कुनै शंका समेत हुँदैन । जसका कारण वृष राशी भएका मानिस आफ्नो लक्ष्यमा सफल हुन्छन् । यस्ता व्यक्ति आफ्नो उद्देश्य पूरा गर्न झुटको सहारा लिन्छन् र सफल पनि हुन्छन् । 

     

    मिथुन राशी :

    मिथुन राशीका मानिसहरु निकै चकचके हुन्छन् । उनीहरु अरुका छेउमा आफूलाई सही सावित गर्न झुटको साहारा लिन्छन् । यिनीहरुमा शब्दै पिच्छे झुठ बोल्ने बानी हुन्छ । उनीहरुको स्वाभावका कारण धेरै मानिसले मिथुन राशीका मानिसलाई मन पराउँदैनन् । मिथुन राशी भएका मानिस मुडी पनि हुन्छन् । 

     

    सिंह राशी :

    सिंह राशी भएका मानिस अन्य मासिनको आकषर्णको केन्द्र बन्न चाहन्छन् । त्यही कारण उनीहरु झुट बोल्छन् । उनीहरु यति चाँडो झुट बोल्छन् की सुन्ने मानिसलाई सत्य नै लाग्छ । यिनीहरु निकै होशियारी पूर्वक झुट बोल्छन्। सिंह राशी भएका मानिस अरुमाथि हैकम जमाउनलाई बढाइ चढाइ गरेर झुट बोल्छन् । उनीहरुलाई यसरी झुट बोल्दा आफ्नो इज्जत बढेको भान हुन्छ । सिंह राशीमा मानिसलाई आफ्नो भनाइमा अरुलाई सहमत गराउने इच्छा हुन्छ त्यही भएर यिनीहरु आफ्नो कुरा दृढतापूर्वक राख्न सक्छन् ।

     

    वृश्चिक राशी

    वृश्चिक राशीका मासिनहरुलाई झुट बोल्नु बच्चाको खेलजस्तै हो । यिनीहरु यति होशियारी पूर्वक झुट बोल्छन् की उनीहरुको कुरामा शंका गर्ने ठाउँ नै हुँदैन । यिनीहरु आफ्नो फाइदाकालागि आफ्ना शत्रुलाई पनि गला मिलाउँछन् ।

     

    कुम्भ राशी

    कुम्भ राशीका मानिस जिस्किने स्वभावका हुन्छन् । त्यही भएर यिनीहरु मजाक गर्दै झुट बोलिरहेका हुन्छन् । यिनीहरु यस्तो कहानी बनाएर कुरा गर्छन जसलाई अन्य मानिसहरुले सजिलै विश्वास गर्छन् । तर कुम्भ राशी भएका मानिसहरु धेरै स्वार्थी हुन्छन् ।  यिनीहरु आफ्नो फाइदाकालागि कसैको पनि भरोस तोड्न पछि पर्दैनन् ।

     

    तुला राशी
     
    तुला राशी भएका मानिस पनि झुट बोल्न माहिर हुन्छन् । किनभने उनीहरु कुटनीतिक स्वभावका हुन्छन् । यिनीहरु आफू अप्ठेरो परिस्थितिमा फसे भने जुन हदसम्म पनि झुट बोल्न पछि पर्दैनन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast