मंगलवार, श्रावन ७, २०७६
    लाइफस्टाइल

    पसिना गनाउँछ भने यी खानेकुरा खान छोड्नुस्

    आईतवार, ८ आषाढ २०७६, आहाखबर

    एजेन्सी, ८ असार

    पसिना सबैलाई आउँछ । कसैलाई कम, कसैलाई ज्यादा । कसैकसैलाई चाहिँ साह्रै पसिना आउँछ अनि गनाएर उनीहरूको नजिकै बस्न पनि सकिँदैन । 

    उनीहरूलाई लाजमर्दो स्थिति आउँछ । अनेक सेन्ट र पर्फ्युम लगाएपनि उनीहरूको पसिना गनाउँछ ।

    तपाईंलाई पनि यो समस्या छ भने आफ्नो खानपिनमा ध्यान दिनुहोला । 

    तपाईंको खानामा सल्फरको मात्रा धेरै छ भने यो समस्या आइलाग्छ । लसून प्याजमा सल्फरको मात्रा धेरै हुन्छ । अनि बुर्काउली, बन्दा र काउली पनि कमै खाएको राम्रो । 

    जाँड खानुहुन्छ भने पसिना गनाउने यो पनि एक कारण हुन सक्छ । जाँड पिएको एक दिनभरि तपाईंको शरीर गनाउँछ ।

    कोही चाहिँ बडो रमाई रमाई चुइंगम चपाउँछन् । तर यसमा चिनी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यसले दाँत र जिभ्रोमा एउटा पत्र बनाउँछ जसका कारण त्यहाँ ब्याक्टेरिया उत्पन्न हुन्छन् र मुख गनाउन थाल्छ । 

    पसिना गनाउँछ भने धेरै फलफूल खान थाल्नुस् । अनि पानी पनि टन्न पिउनुस् र मसला हालेको खानेकुरा नखानुस् । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast