शुक्रबार, मंसिर ६, २०७६
    स्वास्थ्य

    ‘जथाभावी फोहर नफालौं, सभ्य बनौ’

    राजधानीका बाटो वरपर सरसफाई राख्न निःशुल्क डस्टविन वितरण

    आईतवार, ८ आषाढ २०७६, आहाखबर

    काठमाडौं, ८ असार । 

    काठमाण्डौ उपत्यकाका जथाभावी फोहर सरसफाई गर्ने उदेश्यले भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लब अफ रुद्रमतीको सयुंक्त आयोजनामा कैयौं डस्टविन वितरण गरिएको छ  ।

    उपत्यकालाई लक्षित गरि भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लब अफ रुद्रमतीको सँयुक्त आयोजनामा सर–सफाइ अभियान सुरु भएको हो । 

    डस्टविन वितरण कार्यक्रम वातावरण सफा स्वच्छ राख्नको लागी प्लास्टीक आदिलाई नकुहिने बस्तुहरु डस्टविनमा हालेर ब्यवस्थापन गर्ने उद्देश्यले संचालन गरिएको बताइएको छ । 

    विशेषगरी काठमाण्डौं उपत्यकाका रिङरोडलाई लक्षित गरि संचालन गरिएको यस डस्टविन वितरण कार्यक्रम वातावरण सफा स्वच्छ राख्नको लागी प्लास्टीक आदिलाई नकुहिने बस्तुहरु डस्टविनमा हालेर ब्यवस्थापन गर्ने उद्देश्यले संचालन गरिएको बताइएको छ । 

    ‘जथाभावी फोहर नफालौं, सभ्य बनौ’ भन्ने मुल नाराकासाथ उक्त कार्यक्रम गत जेठ महिनाको अन्तिम सातादेखि सञ्चालन गरिदै आएको आयोजकले जनाएका छन् । 

    निःशुल्क डस्टविन वितरण

    रिङरोड एरियामा पर्ने कलंकीमा निःशुल्क डस्विन वितरण गरिसकेको र गएको शनिबार रिङरोड एरियामा पर्ने तिनकुनेमा क्षेत्रमा निःशुल्क डस्टविन वितण गरिएको पनि जनाइएको छ ।

    जसमा स्थानीय बासिन्दा, प्रहरी, रोट्रयाक्स क्लब अफ रुद्रमतीका यूवाहरुको सहभागिता थियो । 

    यस विषयमा बोल्दै श्रीराम टोबाको र करेन्ट पान मसाला, बाग्मती अञ्चलका जेनेरल सेल्स म्यानेजर अनुपभद्र खनालले काठमाण्डौं उपत्यकालाई फोहररहित बनाउने उद्देश्यका साथ निःस्वार्थ भावले यस चरणमा ५ सय डस्विन वितरण गरिसकेको जानकारी दिनुभयो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast