बिहिवार, जेष्ठ २२, २०७७
    मुभी-थिएटर

    फिल्म ‘इन्साल्लाह’ मा आलिया र सलमान, कस्तो देखिएला यी दुइको जोडी ?

    आईतवार, ८ आषाढ २०७६, आहाखबर

    मुम्बई, ८ असार

    सलमान खान र आलिया भट्ट पहिलोपटक फिल्मी पर्दामा देखिन लागेका छन् । यी दुइले संजय लीला भन्सालीको नयाँ फिल्म ‘इन्साल्लाह’मा काम गर्न लागेका हुन् । 

    लामो समयपछि सँगै काम गर्न लागेका सलमान खानले पहिलोपटक ‘हम दिल दे चुके सनम’ मा काम गरेका थिए । उक्त फिल्ममा ऐश्वर्या राय र अजय देवगन पनि सँगै देखिएका थिए । 

    सलमान लापरवाही पुरुषको भूमिकामा देखिनेछन् । जसलाई जिन्दगीको अर्थ पार्टी, मोजमस्ती भन्ने मात्रै लाग्छ । यसै सिलसिलामा उनका पिताले उनलाई विवाह गरेर सुध्रिनुपर्ने सल्लाह दिन्छन् । यसैक्रममा उनको भेट आलियासँग हुन्छ । सलमानले आलियालाई पिताको अगाडि नाटक गर्न आग्रह गर्छन् तर सलमानको आलियासँग वास्तवमै प्रेम हुन्छ । 

    फिल्म ‘इन्साल्लाह’मा सलमान खानले ४० वर्षीय अमेरिकी व्यवसायीको भूमिका निभाउने भएका छन् । जसमा आलियाले २०–२२ वर्षकी युवतीको भूमिका निभाउँनेछिन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast