मंगलवार, श्रावन ७, २०७६
    अध्यात्म चर्चा

    नेपाल प्रज्ञा प्रतिष्ठानको ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना

    आईतवार, ८ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, ८ असार

    नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना अघि सारेको छ ।

    मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण सङ्कलन गरेर विश्लेषणसहित नेपाली र अङ्ग्रेजी संस्करणमा ग्रन्थ प्रकाशन गरिने भएको हो ।

    प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशीहरुलाई समेत नेपालको सम्पादाबारे देखाउन मिल्ने प्रकाशनको अभाव भएकाले त्यस्तो प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रयरुपमा नेपाली गौरवको परिचय दिने बताउनुभयो । 

    आफूहरुको वर्तमान कार्यकालभित्रसक्ने यस महत्वाकांक्षी योजनाका लागि ठूलै रकम चाहिने भएकाले नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरी बजेट विनियोजन हुन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । यसमा सघाउन प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिबद्धता दिइसक्नुभएको बताइएको छ ।

    यसैबीच प्रतिष्ठानले आगामी अक्टोबर १५ देखि २० सम्म काठमाडौँमा दोस्रो चीन–दक्षिण एशिया साहित्य सम्मेलन गर्ने र यसबाट अन्तर्राष्ट्रिय प्राज्ञिक सम्बन्ध विस्तार हुने जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast