सोमबार, कार्तिक २५, २०७६
    स्वास्थ्य

    बिहान खाली पेटमा चिया पिउनुहुन्छ ? शरीरमा पुर्‍याउछ यस्ता १० असर

    शनिबार, ७ आषाढ २०७६, आहाखबर

    एजेन्सी, ७ असार

    धेरै नेपालीको दैनिकी चियाबाट सुरु हुन्छ । चिया नेपाली संस्कृति नै बनिसकेको छ । चिया तयार नपार्ने घर सायदै हुन्छ ।

    कतिपयलाई त कैयौँ कप चिया पिउँदासमेत धित मर्दैन । जुन स्वस्थकर छैन । खाली पेट चिया पिउनाले त शरीरमा गम्भीर असरसमेत पुर्‍याउन सक्छ ।

    बिहान धेरै बेरसम्म खाली पेट बस्दा शरिरमा एसिडको मात्रा बढ्ने गर्दछ । चियामा पनि एसिड हुन्छ । यस्तो अवस्थामा यदि खाली पेटमा चिया पिउनुहुन्छ भने एसिडको मात्रामा बढोत्तरी भई अन्य स्वास्थ्य समस्या देखा पर्न सक्छ ।

    यसकारण बिहान चिया पिउनुभन्दा पहिले केही खानुपर्छ । हामी तपाईंलाई बिहान खाली पेटमा चिया पिउँदाका असर बारे ।

    १. खाली पेटमा चिया पिउँदा शरिरमा प्रोटिन र पौष्टिक पदार्थ सोस्ने क्षमता कम हुन्छ ।

    २. खाली पेटमा कालो चिया पिउँदा पेट फुल्छ ।

    ३. चियाले खाली पेटमा ग्याष्ट्रिक म्यूकोसा बढाउँदछ जसले कम भोक लाग्छ ।

    ४. चिया एसिडिक हुन्छ त्यसकारण यसलाई खाली पेटमा पिउँदा एसिडिटी बढ्दछ ।

    ५. चियामा टोनिक हुन्छ । त्यसकारण खाली पेटमा चिया पिउँदा बान्ता आउला जस्तो भान हुन्छ ।

    ६. एक दिनमा ४/५ कप चिया पिउँदा पुरुषलाई प्रोस्टेट क्यान्सरको सम्भावना बढ्छ ।

    ७. खाली पेटमा दुध हालेको चिया पिउँदा थकान महसुस हुन्छ र इरिटेसन बढ्छ ।

    ८. धेरै कडा चिया पिउनेहरुमा अल्सर हुने खतरा बढि हुन्छ ।

    ९. अदुवा हालेको चिया खाली पेटमा पिउँदा ग्याँसको समस्या हुनसक्छ ।

    १०. चियामा क्याफिन, एल–र्थासनन र थियोफाइलिन हुन्छ । यो खाली पेट पिउँदा अपचको सम्भावना हुन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast