बिहिवार, असोज २, २०७६
    खेल संसार

    सचिन र लाराकाे रेकर्ड ताेड्न काेहलीले अर्काे इनिङ कुर्नुपर्ने !

    शनिबार, ७ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, ७ असार

    भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले २० हजार अन्तर्राष्ट्रिय रन पूरा गर्ने विश्वको १२ औंँ खेलाडी बन्न अझै अर्को इनिङ कुर्नुपर्ने भएको छ ।

    कीर्तिमानबाट १०४ रन टाढा रहेका काेहलीले शनिबारको खेलमा ६७ रन मात्र बनाउन सके । उनले २० हजार रन पूरा गरेको भए कम इनिङ (४१६) मा २० हजार रन बनाउने पहिलो खेलाडी बन्ने थिए ।

    अहिले यो रेकर्ड भारतका सचिन तेन्दुलकर र वेस्टइण्डिजका ब्रायन लाराको नाममा रहेको छ । यी दुवैले टेस्ट, एकदिवसीय र टी-२० गरी कुल ४५३ इनिङ्समा २० हजार रन पूरा गरेका थिए ।

    अफगानिस्तानविरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका विराटले ६३ बलमा ६७ रन बनाए । उनले पाँच चौका प्रहार गरेका थिए । विराटलाई मोहम्मद नाबीले आउट गराएका हुन् ।

    एक दिवसीयको २२३ औंँ पारिमा ६७ रन थप्दै उनले १९ हजार ९ सय ६३ अन्तर्राष्ट्रिय रन बनाएका छन् । अब उनले वेस्टइण्डिजविरुद्ध ३७ रन जोड्न सके २० हजार रन बनाउने विश्वको १२ औंँ र भारतको तेस्रो खेलाडी बन्नेछन् । भारतका लागि सचिन शीर्ष स्थानमा छन् भने राहुल द्रविड दोस्रो स्थानमा छन् ।

    कोहलीले अहिलेसम्म एक दिवसीयमा ११ हजार २० रन टेस्टमा ६ हजार ६ सय १३ र टी-२० मा २ हजार ३ सय ३० रन बनाइसकेका छन् ।

    उनले अहिलेसम्म टेस्ट, एक दिवसीय र टी २० गरी ४१६ इनिङमात्रै खेलेका छन् । टेस्टमा १३१, एक दिवसीयमा २२३ र टी २० मा ६२ इनिङमा ब्याटिङ गरेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast